×

NMB BANK
NIC ASIA

प्रदेशको नाममा विबाद

राजपाको निर्णय : प्रदेश राजधानी धनुषादेखि महोत्तरीसम्म, नाम ‘मधेश’

भदौ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २ नम्बर प्रदेश राजधानीको प्रस्तावबारे निर्णय गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बुधवार साँझ बसेको संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको छ । तर जनकपुरधामको चार किल्ला पनि तोकिएको राजपाका प्रमुख सचेतक परमेश्वर साहले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन महिनामा गरिने मिथिला माध्यमिकी परिक्रमाको सबै क्षेत्र र धनुषा पूरै जिल्लाका भूभागलाई राजधानीको रुपमा प्रस्ताव गर्ने राजपा संसदीय दलको बैठकबाट निर्णय गरिएको प्रमुख सचेतक साहले बताए । ‘मात्र जनकपुर भनेर हुन्न जनकपुरको सीमा पनि हामीले तोकेका छौं,’ उनले भने, ‘अन्य क्षेत्रको पनि विकास हुन सकोस् भन्ने सोचेर राजधानीको नाम जनकपुर नै रहने तर त्यसको सीमा पनि परिभाषित गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

१५ दिनेसम्म चल्ने माध्यमिकी परिक्रमाका क्रममा नेपाल र भारतको समेत भूभागमा परिक्रमा गर्ने गरिन्छ । त्यसअन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र भंगहा नगरपालिकासँगै धनुषाका समेत विभिन्न स्थानीय तह पर्ने गर्छन् ।

Vianet communication
Laxmi Bank

राजपाको प्रस्ताव अनुसार नै प्रदेश सभाबाट निर्णय भएमा प्रदेश राजधानी धनुषा जिल्लाको पूरै भूभाग र मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत महोत्तरीका भूभाग समेत राजधानी अन्तर्गत पर्नेछ ।

हालको अस्थायी राजधानी जनकपुरधाम धनुषाको सदरमुकाम समेत हो । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत २५ वटा वडा छन् । साविकमा नगरपालिका मात्र हुँदा १६ वटा वडा थिए ।

राजपाले प्रदेशको नाम ‘मधेश प्रदेश’ नै राख्ने समेत निर्णय भएको प्रमुख सचेतक साहले बताए । राजपाले प्रदेशको नाम र राजधानीबारे निर्णय गरेपनि सत्तारुढ  समाजवादी पार्टी नेपालको बिहीवार बस्ने संसदीय दलको बैठकबाट निर्णय हुने जनाइएको छ । दुवै दलले गरेको निर्णय अनुसार सरकारको तर्फबाट संयुक्त रुपमा एकै प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने तयारी गरिएको उनले बताए ।

प्रतिपक्षी पार्टीका संसदीय दलका बैठक पनि बस्दैछन् । प्रतिपक्षी दल नेपाली कांग्रेस पनि संसदीय दलको बैठक बस्दैछन् । मंगलवार प्रदेशको नाम र राजधानीका विषयमा कांग्रेस संसदीय दलको बैठक बसेको थियो । त्यसमा केही सांसदले बोल्न बाँकी नै रहेको कारण बिहीवार बस्ने बैठकबाट निर्णय हुने कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए ।

नेकपा संसदीय दलको बैठक बसेर समेत पार्टीले आधिकारिक निर्णय गर्नेछ । भदौ ३ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल जनकपुर आउँदा उनको उपस्थितिमै नेकपाको संसदीय दलको बैठक बसेको थियो तर बैठकमा नाम र राजधानीबारे निर्णय हुन सकेन ।

बिहीवार बस्ने बैठकबाट नाम र राजधानीबारे निर्णय हुने नेकपा सांसद रामचन्द्र मण्डलले बताए ।

प्रदेश सभामा राजनीतिक दल वा प्रदेशसभा सदस्यले आफ्नो प्रस्ताव दर्ता गराउने म्याद बिहीवार ५ बजेसम्म रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x