सेहवागले भने- सचिनको यो रेकर्ड विराटले तोड्न सक्दैनन्

भदौ ५, २०७६

एजेन्सी- भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली वर्तमान समयका सफल क्रिकेटरको रूपमा लिइन्छ । उनले लगातार कीर्तिमानहरू भंग गर्दै आएका छन् । 

हालैमात्र पनि उनले वेस्ट इन्डिजविरुद्धको एक दिवसीय शृंखलामा लगातार दुई शतक प्रहार गरेका थिए । एक दिवसीय क्रिकेटमा उनले ४३ शतक बनाएका छन् । 


ADVERTISEMENT

उनले सचिनका धेरै रेकर्डहरू पनि तोड्दै आएका छन् । सचिनले एक दिवसीय क्रिकेटमा ४९ शतक छ । विराटले उनको यो कीर्तिमान पनि भंग गर्ने क्रिकेट विश्लेषकहरूले बताएका छन् । 

तर भारतीय पूर्वक्रिकेटर वीरेन्द्र सेहवागले विराटले सचिनको एउटा कीर्तिमान तोड्न नसक्ने बताएका छन् । उनले भने, 'सचिनको एउटा रेकर्ड विराटले पनि तोड्न सक्दैनन् । त्यो हो २ सय टेस्ट खेलेको रेकर्ड ।' 

सचिन तेन्दुलकरले वान-डे मा ४४.८३ को औसतमा १८ हजार ४२६ रन बनाएका छन् । उता कोहलीले २३० पारीमा ६०.३१ को औसतमा ११ हजार २५० रन बनाएका छन् । टेस्ट क्रिकेटको कुरा गर्ने हो भने कोहली सचिनको रेकर्डको आधाआधीमा पुगिसकेका छन् । भारतीय कप्तान कोहलीले 77 टेस्ट म्याचको १३१ पारीमा २५ शतक प्रहार गरेका छन् भने सचिनले ३२७ पारीमा ५१ शतक लगाएका छन् । 

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार