सगरमाथा इन्स्योरेन्सको प्रिमियम एनआईसी एसिया बैंकको डिजिटल प्लेटफर्मबाट सजिलै तिर्न सकिने

भदौ ६, २०७६

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एनआईसी एसिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरूले बिमा प्रिमियम भुक्तानी गर्न सक्ने गरी सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरूले एनआईसी एसियाको मोबाइल बैकिङ लगायत एनसीएचएल–कनेक्ट आईपीएस र फोनपे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । सो सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सगरमाथा इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

सम्झौतासँगै ग्राहकमा छिटो छरितो रूपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम रकम विश्वसनीय र पारदर्शी रूपमा भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ ।

एनआईसी एसियाका मुलुकभर २९६ शाखा कार्यालयहरू, ३४१ एटीएम, ५८ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १८ लाख ग्राहकबीच पुगेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू उत्साहप्रद छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई समेत पालना गर्दै आएको दाबी बैंकको छ ।


 

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार