कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भदौ ६, २०७६
काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भनाभन भएको भोलिपल्ट अर्का अध्यक्ष पुष्पकमल प्रचण्डले नेपालसँग छलफल गरेका छन् । छलफल प्रचण्ड निवास खुमलटारमा करीब २ घण्टा चलेको थियो ।
बिहीवारको बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच चर्चाचर्की नै परेको थियो । अध्यक्ष ओलीले नेपालका तर्फबाट स्वास्थ्य लाभको कामना समेत चाहिँदैन भनेको सार्वजनिक भएको थियो ।
नेता नेपाल आफ्नो वरीयता एक स्थान तल झारेपछि असन्तुष्ट छन् । साथै हालै टुंगिएको विभागहरूको नेतृत्वमा समेत उनको असन्तुष्टि छ ।
नेपालले आफ्नो ७ बुँदे नोट अफ डिसेन्ट नै सार्वजनिक गरेका छन् । यद्यपि उनको असन्तुष्टिबारे सचिवालय बैठकमा भने औपचारिक छलफल समेत हुन सकेको छैन ।
दुई शीर्ष नेताबीच तिक्तता बढिरहेका बेला अध्यक्ष प्रचण्डले नेता नेपालसँग गरेको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रचण्ड र नेपालबीच छलफल चलिरहेका बेला नेता जनार्दन शर्मा समेत खुमलटार पुगेका थिए । 'म छुस्स पुगेको थिएँ,' नेता शर्माले लोकान्तरसँग भने । आफू धेरैबेर नबसेकाले थप कुरा भने थाहा नभएको उनले बताए ।
स्रोतका अनुसार प्रचण्ड पार्टीमा मिलेर अगाडि बढ्नुपर्छ भनेर नेपाललाई सम्झाउने प्रयास गरेका थिए ।
प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली भने उपचारका लागि सिंगापुरमा छन् ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...