कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
सुर्खेत – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्ने बताएका छन् ।
शुक्रवार वीरेन्द्रनगरमा महाधिवेशन प्रतिनिधिको लागि प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले ओली सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताए ।
‘विगतमा हामीले राणा फाल्यौं, पञ्चायत ढाल्यौं, राजा फाल्यौं,’ उनले भने, ‘अहिले लोकतन्त्र खतरामा परेको छ । हामी सबै मिलेर कम्युनिस्टलाई सिध्याउनुपर्ने बेला आएको छ । अन्तिम धक्का दिन जरुरी छ ।’
सभापति देउवाले कम्युनिस्ट सरकारले देशमा लोकतन्त्रलाई समाप्त पार्दै साम्यवादी व्यवस्था ल्याउने षड्यन्त्र गरेको आरोप लगाए ।
प्रजातन्त्रको लागि बारम्बार जेल जान नपर्ने गरी लडाइँ लड्नुपर्ने उनले बताए । सरकारले लेख्ने अधिकार खोसिरहेको, प्रेस स्वतन्त्रता सम्बन्धी कडा विधेयक ल्याइरहेको बताउँदै आन्दोलन गर्न तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
नेपालमा ओली सरकार आइसकेपछि भ्रष्टाचार बढेको, उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाइएको उनले आरोप लगाए ।
काम गर्न नदिने प्रचलन पार्टीभित्र बढ्दै गएको समेत उनले बताए । ‘निर्वाचनमा जितेको व्यक्तिलाई कम्तीमा निर्धक्क काम गर्ने वातावरण हुनुपर्छ नि !’ कांग्रेसभित्रको एकताबारे उनले भने, ‘चुनावमा हारेकालाई कारवाही गर्न दिइएको छैन । कार्यसम्पादन समिति बनाउन सकिएको छैन । नाम दिनुस् भन्दा दिन सकेका छैनन । अब म एक्लैले भएपनि जिम्मेवारी दिइछाड्छु ।’
उनले पार्टीभित्र एकता नभएका कारण चुनाव हारिएको बताए । ‘हिजो नेकपा माओवादी र एमाले २ पार्टी थिए, एक भए,’ उनले भने, ‘तर हामी एकै पार्टी छौं तर २ पार्टी जस्ता भयौं र हामीले चुनाव हारेका हौं ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापती विमलेन्द्र निधिले ओलीले सिंगापुरबाट सरकार चलाउन खोजिएको आरोप लगाए । ‘कार्यसम्पादन नियमावली उहाँले संशोधन गर्नुभएको छ । सायद सरकार सिंगापुरबाटै चलाउने मन भएको हुन सक्ला,’ उनले भने ।
लोकतान्त्रिक प्रणाली सिध्याउने खेलमा सरकार लागिरहेको उनले बताए । अब गाउँ जान र संगठन सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले चुनाव हारेको मातम नमनाउन आग्रह गरे ।
महामन्त्री डा. शशांक कोइरालाले पार्टी एक नभएसम्म कम्युनिस्टलाई ठेगान लगाउन नसकिने बताए । केन्द्रमा गुटगत राजनीतिको अन्त्य आवश्यक रहेको उनले बताए ।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्ट सरकार दिन प्रतिदिन गलत बाटोमा गइरहेको र त्यसलाई लगाम लगाउनुपर्नेमा जोड दिए ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...