कस्तो छ अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ?

भदौ ८, २०७६

काठमाडौं - सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको  छ ।

प्रधानमन्त्रीको नीजि सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था पहिलेकाे भन्दा अहिले क्रमश: सामान्य बन्दै गएको हो ।


ADVERTISEMENT

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचारका क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाटै शुरु भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्ता जानकारी दिएका हुन् । 
उनका अनुसार, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले नेशलन युनभिर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया केही पटक दोहोरिने बताएकी छिन् ।

मृर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । 

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस