रवि लामिछानेसहित ३ जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर

भदौ ८, २०७६

चितवन– पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरूत्साहन गरेको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरुद्ध जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सञ्चारकर्मी लामिछाने र युवराज कंडेल तथा नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।


ADVERTISEMENT

अभियोग पत्रमा ५ वर्ष कैद र ५० हजार जरिवाना माग दाबी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रहरीले जिल्ला अदालतबाट दुईपटक गरी १० दिनसम्म म्याद थप गरी अनुसन्धान गरेको थियो ।

आत्महत्या गरेको भनिएका पत्रकार पुडासैनीको मोबाइलमा भेटिएको भिडियोमा लामिछाने, कंडेल र कार्कीको नाम उल्लेख छ ।

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस