×

NMB BANK
NIC ASIA

काठमाडौं- धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आइतवार पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ बिन्दुले घटेर एक हजार २०९.६२ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ बिन्दुले घटेर २६३.४३ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार नेप्से आज अपरान्ह २ बजेसम्म घटेर एक हजार २०१ बिन्दुमा झरेपनि त्यसपछि भने पुनः बढेर एक हजार २०९.६२ बिन्दुमा पुग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लाग्यो भने दश उपसमूहको शेयर घटेको छ । होटल ३.०४ र उत्पादन ११.३ बिन्दुले बढ्दा बैंकिङ १.६६, व्यापार २.०३, विकास बैंक २.२१, जलविद्युत् १५.१४, वित्त ०.६, निर्जीवन बीमा ३१.३२, अन्य ०.०७, लघुवित्त ४.२, जीवन बीमा ५१.०७ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ । 


Advertisment
Nabil box
Kumari

स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोबार भएको छ । सो बैंकको तीन करोड २१ लाख ३० हजार ८०० रुपैयाँ मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै नेपाल बैंक लिमिटेड दुई करोड ४१ लाख ५३ हजार ४३३, नेशनल लाइफ इन्स्योरेन्स एक करोड ९५ लाख ७८ हजार २४३, नेपाल इन्भेस्टमेन्ट बैंक एक करोड ५२ लाख ८९ हजार ५३२, एनआईसी एशिया एक करोड ४६ लाख ३७ हजार ५३९ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर एक करोड १० लाख ५८ हजार २०३ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । 

Vianet communication
Laxmi Bank

कारोबारका आधारमा आज बढी कमाउनेमा सिर्जना फाइनान्स वित्तीय संस्था रहेको छ । सो कम्पनीका शेयरधनीले ४.२१ प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ३.३४, सिन्धु विकास बैंक ३.१३, स्वरोजगार लघुवित्त विकास बैंक ३.०१, गुराँस लघुवित्त वित्तीय संसथा २.९२ र बोटलर्स नेपाल तराई लिमिटेडका शेयरधनीले २ प्रतिशतले कमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x