×

NMB BANK
NIC ASIA

महोत्तरीमा प्रारम्भिक कक्षा सिकाइ सम्बन्धी २ दिने कार्यशाला

भदौ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरी – महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा ‘समता र समावेशी शिक्षा कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा सिकाई सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

Muktinath Bank

युनिसेफ विश्व शिक्षाको सहयोग एवं महोत्तरी गाउँपालिका तथा समाज विकास केन्द्र महोत्तरीको आयोजनामा भएको सो गोष्ठीमा महोत्तरी गाउँपालिका भित्र रहेका ११ सामुदायिक विद्यालय र २ मदरसाका कक्षा १ देखि ३ सम्मका १ हजार ८६ छात्रा, ९ सय ४४ छात्र गरी जम्मा २ हजार ३० छात्रछात्राहरु प्रत्यक्ष रुपमा लाभान्वित भईरहेको प्रारम्भिक कक्षा सिकाई कार्यक्रमको उपलब्धी सम्बन्धमा विस्तृत छलफल भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पालिकाको १३ वटै विद्यालयमा प्रारम्भिक कक्षामा अध्ययनरत विद्यार्थीहरुको लागि सञ्चालित कार्यक्रमले कसरी प्रभाव पारेको तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन के के गर्न सकिनेबारे सरोकारवाला सबै पक्षसँग वृहत छलफल गरी योजना निर्माण तथा योजना कार्यान्वयन सम्बन्धी प्रतिबद्धता जाहेर गराइएको थियो ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाकै कार्यालयमा २ दिनसम्म सञ्चालन भएको सो गोष्ठीमा त्यस पालिकाका ६ वटै वडाका वडा अध्यक्षहरु, बोर्ड सदस्यहरु, शिक्षा संयोजक रामविनोद ठाकुर लगायतले विभिन्न १३ वटै विद्यालयहरुमा प्रारम्भिक कक्षा सिकाई कार्यक्रम सञ्चालनमा रहेका भौतिक, आर्थिक, जनशक्ति लगायतका समस्याहरुको बारेमा ध्यानाकर्षण गराएका थिए ।

Vianet communication
Laxmi Bank

सो क्रममा कही भवन, जग्गा, कही शौचालय, कहि बालमैत्री वातावरण, कही विद्यार्थी अनुपातमा शिक्षक अभाव, कक्षाकोठा अभाव, तालिम प्राप्त शिक्षकको अभाव, कही पानी र सर सफाईको अभाव, कही फर्निचर, कही व्यवस्थापन समिति नै नभएको र प्रायः सबै विद्यालयमा सम्बन्धित निकायको अनुगमनको कमी रहेको औंल्याइएको थियो । जसले प्रारम्भिक कक्षा सिकाईमा प्रतिकुल असर पारिरहेको गोष्ठीमा औंल्याइएको थियो ।

विभिन्न समस्या देखिएपछि सम्वद्ध सरोकारवालाले प्रारम्भिक कक्षा सिकाइमा अवरोधको रुपमा रहेका ती सबै अभाव र समस्यालाई आउँदा दिनमा विद्यालयबाट विस्थापित गर्दै जाने र चाँडै कार्यक्रमले बोकेको उद्देश्य अनुरुप सबै विद्यालयका प्रारम्भिक कक्षा सिकाईमा प्रभावकारिता ल्याउने प्रतिवद्धता प्रकट गरिएको थियो ।

सो क्रममा सरोकारवाला वक्ताले विद्यार्थीहरुले नेपाली वा अंग्रेजी भाषा बुझ्न नसक्ने भएमा तथा विद्यार्थीले माग गरेमा सबै विद्यालयमा मातृभाषा लागु गरी पढाई सीप शिक्षण सिकाइमा सुधार ल्याउने, प्रारम्भिक कक्षा पढाई कार्यक्रमका लागि प्रणालीगत क्षमता विकास र सहयोग अभिवृद्धि गर्ने र पढाईका लागि अभिभावक, परिवार र समुदायको सहभागितामा बृद्धि गर्ने तथा आवश्यक भौतिक, आर्थिक र जनशक्तिमूलक सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रकट गरेका थिए ।

गोष्ठीमा समाज विकास केन्द्र महोत्तरीका कार्यक्रम संयोजक मो.अनवर परवेज र युनिसेफ विश्व शिक्षाका फिल्ड अफिसर रिशुमाया चौधरीले कार्यक्रम सम्बन्धी विभिन्न जानकारी गराउँदै सहजकर्ताको भूमिका खेलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x