प्रेरक प्रसंगः एउटा हात्तीको कथा

भदौ १२, २०७६

काठमाडौं–एक समय एक राजासँग निकै शक्तिशाली हात्ती थियो । राजाले युद्धमा निस्कँदा सधै हात्तीलाई आफुसँगै लैजान्थे । हात्ती पनि राजाले भनेको सबै कुरा मान्दथ्यो । 

हात्तीको माध्यमबाट राजाले धेरै युद्धहरु जितेको थियो । 


ADVERTISEMENT

समयसँगै हात्ती वृद्ध भयो । त्यसपछि राजाले वृद्ध हात्तीलाई युद्धमा लैजान छाड्यो । आफ्नो कर्मचारीलाई  हात्तीको स्याहारसुसारका लागि खटाए । हात्ती भने आफु पनि राजासँगै युद्धमा जान चाहन्थ्यो । युद्धमा जान नपाएपछि उ सधै निराश बनिरह्यो, बिना उत्साह रहिरह्यो । 

एकदिन हात्ती तलाउमा पानी पिउन गएको थियो । उ दलदलमा फस्न पुग्यो । जति प्रयास गरेपनि हात्ती दलदलबाट बाहिर निस्कन सकेन । राजाले  हात्ती फसेको कुरा थाहा पाए ।

 राजा तुरुन्त तलाउ नजिक पुगे । सैनिकहरुले धेरै प्रयास गरे, तर हात्ती बाहिर निस्कन सकेन । राजाले आफ्नो मन्त्रीलाई बोलाए । मन्त्रीले त्यो हात्तीलाई राम्रोसँग बुझेको थियो । उसले राजालाई युद्धमा बजाउने डोल बाजा बजाए हात्ती बाहिर निस्कने बतायो । मन्त्रीको कुरा मानी राजाले ढोल बाजा बजाउन शुरु गरे । जब ढोल बाजाको आवाज हात्तीले सुन्यो, तब  उ उठ्यो र दलदलबाट बाहिर निस्कन प्रयास गर्यो । केही समयमै हात्ती दलदलबाट बाहिर निस्कियो । 

राजा हात्तीलाई बाहिर निकाल्न नसक्दा चिन्तित थियो । तब मन्त्रीले राजालाई भन्यो कि, हात्ती तपाईंको साथ युद्धमा जान चाहन्थ्यो । जब युद्धमा लान बन्द गरियो, उ उदास भयो, उसको जीवनमा कुनै उत्साह थिएन । 
दलदलमा फसेपछि यसले हिम्मत हारेको थियो । जब ढोल बाजाको आवास सुन्यो, फेरी युद्धमा जानुपर्ने सोच्यो । उसले राजालाई आफ्नो आवश्यकता परेको सोच्यो । यो सोची उसको उत्साह फिर्ता आयो र बाहिर निस्कन सक्यो । 

नोट:सुखी जीवनका लागि हामीमा उत्साह हुनु जरुरी छ । जबसम्म हाम्रो जीवनमा उत्साह रहन्छ, तबसम्म हामीले सफलता प्राप्त गर्न सकिरहन्छौं । यसकारण जीवनलाई उत्साह बनाईरहनुपर्छ  । यसका लागि हामी कहिल्यै निराश हुनुहुन्न । हरेक काम उत्साहका साथ गर्नुपर्छ 

भदौ १२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार