माघ २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
महोत्तरी- महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो.उवेस नट्टका छोरा २ वर्षीय मो. ईरफान नट्ट रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएर लगेको थियो । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
हतियारधारी डाकाको समूहद्वारा १० लाखको डकैती
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ/नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखौँको धनमाल लुटेर लगेका छन् ।
उनका अनुसार आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद रु दुई लाख ५० हजार, छ तोला सुनका गरगहना, ६० तोला चाँदीका गरगहना, मोबाइल तथा अन्य धनमाल गरी रु १० लाख बढीको धनमाल लुटेर लगेका हुन् ।
साथै डाकाको प्रतिकारमा उत्रेका धरमूली रामलोचन राउतको बाँया खुट्टामा बञ्चरोले काटेर उनलाई घाइतेसमेत बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । राति नै डकैतीको सूचना पाएलगत्तै प्रहरीचौकी इटहर्वाकट्टी र इलाका प्रहरी कार्यालय बलवाबाट प्रहरी टोली घटनास्थल पुगे पनि डाकाले सबैथोक लुटपाट गरेर भागिसकेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...