कात्तिक २५, २०८०
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
भदौ १८, २०७६
काठमाडौं –
– २०७४ भदौमा प्रहरीले टर्कीका नागरिक ३० वर्षीय एकरेम ओरमान्चीलाई नक्कली एटीएम कार्ड प्रयोग गरी नेपाली बैंकबाट पैसा झिकेको आरोपमा प्रहरीले पक्राउ गर्यो । उनको साथबाट प्रहरीले ९ हजार ७ सय अमेरिकन डलर, १२ सय २५ युरो र ३३ हजार नेपाली रुपैयाँ बरामद गर्यो ।
छानबिनका क्रममा उनले नक्कली एटीएम कार्ड प्रयोग गरी रकम झिकेको पुष्टि भयो । त्यसपछि नेपाल राष्ट्र बैंकले यूएमभी चिप प्रविधि नभएका (पुरानो प्रविधिका) एटीएम कार्ड प्रयोगबाट एटीएममा चोरी भएको निष्कर्ष निकाल्दै सबै बैंकलाई यूएमभी चिप प्रविधिका एटीएम प्रयोगमा ल्याउन निर्देशन दियो । त्यसपछि सबै बैंकले यूएमभी चिप प्रविधिको एटीएम प्रचलनमा ल्याए ।
– २०७४ कात्तिकमै एनआईसी एसिया बैंकको स्विफ्ट ह्याक गरी ३८ करोड रुपैयाँ विभिन्न देशका विभिन्न बैंकमा स्थानान्तरण गरियो । त्यसमध्ये ३३ करोड रुपैयाँ फिर्ता भइसकेको छ । ५ करोड रुपैयाँ जापानबाट फिर्ता भएको छैन । एउटा बैंकबाट अर्काे बैंकमा रकम पठाउनको लागि सोसाइटी फर वेल फेयर अर्गनाइजेसनले निर्माण गरेको प्रणाली स्विफ्ट हो । स्विफ्टका माध्यमबाट बैंक तथा वित्तीय संस्थाले विश्वव्यापी रुपमा पैसा पठाउन र प्राप्त गर्न सक्छन् ।
– शनिवार चिनियाँ नागरिकले एटीएम ह्याक गरेर १ करोड २६ लाख रुपैयाँ चोरेको घटना ताजै छ ।
यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । यी घटनाले नेपालको बैंकिङ प्रणालीको सुरक्षाप्रति पटक–पटक प्रश्न उठ्ने गरेको छ ।
वाणिज्य बैंक नाफा बढाउनमै केन्द्रित भएर सुरक्षा प्रविधिमा खर्च गर्न लोभ गर्दा बैंकिङ प्रणालीको रकम जोखिममा पर्ने गरेको छ । वार्षिक अर्बाैं रुपैयाँ नाफा कमाउँदै आएका वाणिज्य बैंकले सुरक्षा प्रविधिलाई मजबुत बनाउन पर्याप्त खर्च गर्न सकेको देखिँदैन ।
गत आर्थिक वर्ष २०७५/०७६ मा २८ वटा वाणिज्य बैंकले ६५ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा वाणिज्य बैंकको नाफा ५२ अर्ब रुपैयाँभन्दा बढी रहेको बैंकहरूको वासलातबाट देखिन्छ ।
नाफा बढिरहेपनि तीव्र रुपमा विकास भइरहेको प्रविधिमा लगानी गर्न बैंक हिच्किचाउँदा बेलाबेलामा बैंकिङ डकैती हुने गरेको पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘गत वर्ष वाणिज्य बैंकले ६५ अर्ब रुपैयाँको हाराहारीमा नाफा कमाएका छन् तर यस्तो घटना नभएसम्म चनाखो हुने अवस्था पनि रहँदैन,’ उनले भने, ‘हाम्रो जस्तो मुलुकमा ओरिजिनल (सक्कली) किसिमको सफ्टवेयर राख्न अलिकति हिच्किचाउँछन् । स्वाभाविक रुपमा बैंकले पनि त्यस्तो नेग्लिजेन्स गरेका हुन सक्छन् ।’
ल्यापटपमा एन्टिभाइरस राख्दा सर्वसाधारणले सस्तो एन्टिभाइरस राखेजस्तै बैंकले पनि कामचलाउ रुपमा सस्तो सफ्टवेयर राख्ने र त्यस किसिमका सफ्टवेयर ओरिजिनल नहुने पूर्व गर्भनर क्षेत्रीले बताए । ‘हाम्रो यहाँ मूल्यको कारण पनि २ किसिमले हेरिन्छ । एउटा नक्कलीको मुल्य र एउटा सक्कलीको मुल्य,’ उनले भने, ‘जसरी ल्यापटपमा एन्टिभाइरस राख्दा ओरिजिनलको १६ सयदेखि १८ सय पर्छ । नक्कलीको ६ सय ७ सय रुपैयाँ पर्छ । स्वाभाविक रुपले हामीले काम चलाउने भनेर नक्कली हाल्नतिर लाग्छौं । त्यस्तो किसिमको नेग्लिजेन्स बैंकहरूको पनि हुन सक्छ ।’
प्रविधि जहिल्यै एक कदम अगाडि हुने भएकाले बैंकहरूले वर्तमान अवस्थामा रहेको प्रविधिमा सन्तोष मानेर बस्नुभन्दा आगामी दिनमा के हुँदैछ भनेर चनाखो हुनुपर्ने पूर्व गर्भनर क्षेत्रीको सुझाव छ ।
नयाँ–नयाँ प्रविधिसँगै भित्रिएको जोखिम भएकाले घटनाको छानबिन भइरहेको भन्दै नेपाल बैंकर्स एसोसियसनले आफूहरूको कमजोरी अध्ययनबाट पत्ता लाग्ने जनाएको छ । एसोसियसनका कार्यकारी निर्देशक अनिल शर्माले नयाँ प्रविधिसँगै भित्रिएको जोखिम भएकाले कहाँनेर कमजोरी भयो भन्नेबारे अध्ययन भइरहेको बताए ।
‘हामीले आईटी क्षेत्रमा, सर्भर सुरक्षा क्षेत्रमा यति नै खर्च गर्यौं भन्ने इन्डेप्थ विवरण छैन । यति खर्च गर्नुपर्छ भनेर तोक्ने कुरा पनि भएन,’ उनले लोकान्तरसँग भने, ‘यसै क्षेत्रको लागि यति रुपैयाँ छुट्याउने भन्ने कुरा पनि भएन । यति खर्च गर्यौं भन्ने हुँदैन । कति खर्च गर्यौं भनेर हेर्नुको खासै अर्थ पनि छैन ।’
बैंकले प्रयोग गर्ने सर्भर र सफ्टवेयर कमजोर नभएको शर्माको जिकिर छ । उनले बैंकको सर्भर, सफ्टवेयर लगायतको क्षमता कमजोर भएको भए शनिवारको दिन त्यत्रो घटना थाहा नै नपाइने तर्क गरे । ‘सफ्टवेयर सस्तो राखियो, गुणस्तर छैन भन्ने कुरा बिल्कुल गलत हो । बैंकहरूले कमजोर प्रविधि प्रयोग गरे, अथवा सफ्टवेयर राम्रो प्रयोग गरेनन्, त्यही भएर यस्तो घटना भयो भन्ने कुराहरूको भ्रम भएको देखिन्छ । त्यो बिल्कुल होइन,’ उनले भने, ‘निक्षेपकर्ताको लगानी सुरक्षित हुनुपर्छ भनेर हरतर्फबाट प्रयास गरिएको छ । सही प्रविधिको प्रयोग गरेर त बैंकहरूले निक्षेप सुरक्षित राखेको छ । हाम्रो प्रविधि कमजोर भएको भए शनिवारको दिन त्यसरी मोनिटरिङ गर्न सजिलो हुँदैन्थ्यो । आज बैंकहरू यति राम्रो भएको छ कि बिदाको दिनमा पनि कतै केही नभएको दिनमा पनि त्यत्रो घटना थाहा पाइयो । ठूलो दुर्घटनाबाट जोगियो ।’
शनिवार बिदाको दिन आफूहरूको मोनिटरिङकै कारण घटना तुरुन्तै थाहा पाइएको र तत्काल सबै बैंक तथा प्रहरीलाई खबर गर्न सकिएकाले समेत नेपालका बैंकहरूको प्रविधि कमजोर आकलन गर्न नमिल्ने शर्माको दाबी छ ।
प्रविधिको युगमा साइबर थ्रेट, साइबर क्राइम विश्वभरिकै जल्दोबल्दो समस्या रहेकाले नेपाली बैंकको प्रविधि मात्रै कमजोर रहेको रुपमा नबुझ्न शर्माले आग्रह गरे ।
बैंकले सारा निक्षेपकर्ताको कर्जाको हेरचाह गरेर राखिराखेको र सर्भर विदेशमा राखेका कारण ह्याक हुने भन्ने कुरा पनि निराधार रहेको बैंकर्स एसोसियसनको धारणा छ । बैंकले सकेसम्म ‘जहाँ डाटा सुरक्षित रहन्छ भनेर ठान्छ, त्यतै सर्भर राख्ने’ भएकाले सर्भर राख्ने ठाउँसँग ह्याकरको कुन सम्बन्ध नहुने एसोसियसनको दाबी छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत बैंकिङ ह्याकिङका घटना भएका र नेपालमै समेत भएकाले नेपाली बैंकलाई यी घटनाले ठूलो पाठ सिकाएको एसोसियसनले जनाएको छ । ‘ह्याकरहरूले हाम्रा केही क्लूहरू भेटे, त्यसमा खेले, त्यसबाट अस्तिको घटना भयो,’ एसोसियसनका कार्यकारी निर्देशक शर्माले भने, ‘अध्ययन भइरहेको छ । के–के कमजोरी रहेछन् अध्ययनबाट पक्कै पनि थाहा हुन्छन् र सुधार गर्दै जान्छौं ।’
बैंकका ग्राहकको व्यक्तिगत विवरण नेपालभित्रै हुनुपर्छ भन्ने राष्ट्रबैंकको निर्देशन भएकाले ग्राहकको विवरण बाहेकका अन्य कुरा बाहिर राख्ने गरिएको जनाइएको छ । ‘नेपालमा क्यापासिटी नभएका कारण ग्राहक विवरणबाहेक अन्य कुरा बाहिर राखिन्छ । किनभने हाम्रो यहाँ सबै राख्न सकिने क्यापासिटी हुँदैन,’ शर्माले भने, ‘भोलि केही भयो भने त्यसको ब्याकअप केही घण्टाभित्रै तुरुन्त लिनुपर्ने हुन्छ । त्यो क्यापासिटी हाम्रो यहाँ छैन । त्यसकारणले हामीले कहाँ सुरक्षित हुन्छ भनेर बाहिर कतै लगेर राख्छौं । सुरक्षित बनाउनलाई बाहिर लाने हो । असुरक्षित बनाउनलाई हैन ।’
पूर्व गर्भनर क्षेत्रीले हालसम्म भएका घटनाबाट नेपाली बैंकले ठूलो पाठ सिक्नुपर्ने बताए । ‘यो घटनाबाट ठूलो पाठ सिक्नुपर्ने भयो,’ उनले भने, ‘६५ अर्ब नाफा कमाएको भनिराखेका छौं, १–२ करोड रुपैयाँ एकै पटक निकालेपछि नेपालीलाई निचोरेर कमाएको नाफा त काम लागेन नि !’
बैंकहरूले गत आर्थिक वर्ष २०७५/०७६ मा ६५ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले पनि यस्ता घटना छिटपुटरुपमा भइरहने घटना भएका जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकको सर्भर राष्ट्रबैंकले समेत अनुगमन तथा नियमन गर्ने भएकाले त्यस्तो कमजोर नरहेको बताए ।
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...