×

NMB BANK
NIC ASIA

अपराधमा विदेशी

नेपालमा चिनियाँका गम्भीर अपराध, कारागारमा भारतीय अपराधी धेरै

कारागारमा झण्डै १२ सय विदेशी नागरिक

भदौ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालका कारागारमा १ हजार १ सय ९५ विदेशी नागरिक कैदीबन्दी रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विभिन्न देशका विदेशी नागरिकले नेपालमा अपराध गरेपछि अभियुक्त र अपराधीलाई नेपालकै कारागारमा राखेर मुद्दाको पुर्पक्ष वा सजाय भुक्तान गराउने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारागार व्यवस्थापन विभागका प्रवक्ता बासुदेव घिमिरेले भने, ‘देशभरमा ७३ वटा कारागार छन् । सबै कारागारको तथ्यांक हेर्ने हो भने कैद भुक्तान गरिरहेका १ हजार १ सय ९५ विदेशी छन् ।’


Advertisment
Nabil box
Kumari

शुक्रवार दरबारमार्गको नबिल बैंकको एटीएम ह्याक गरी चोरी गर्दैगर्दा चिनियाँ नागरिक झु लिङझाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

Vianet communication
Laxmi Bank

आइतवार प्रहरीले चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन लगायत ५ जनालाई सार्वजनिक गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ सोमवार पक्राउ परे । एटीएमबाट लुटिएको पैसा साट्न सहयोग गर्ने ३ नेपाली पनि सोमवार पक्राउ परेका छन् ।

अभियुक्तले नबिल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभू बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।

शुक्रवार नै चीनमा यौनदासी बनाउन नेपाली चेलीलाई दुलही बनाउँदै मानव तस्करी गर्ने ४ जना चिनियाँ नागरिक र ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । केही दिनका लागि नेपाल आएका चिनियाँ नेपाली महिलासँग दलालको सहयोगमा विवाह गरेको आरोपमा पक्राउ परेका थिए ।

पछिल्लो समयम नेपालमा चिनियाँ नागरिकको चहलपहलसँगै अपराधका घटना पनि बाहिरिरहेका छन् । नेपालमा पर्यटन र व्यापारको लागि चिनियाँ नागरिक आउने गरिरहेको देखिन्छ ।

नेपालमा मानव बेचबिखन, खोटा (नक्कली नोट) अपचलन, वन्यजन्तु तस्करी, कर्तव्य ज्यान मुद्दा लगायतका अपराध गरेर देशका विभिन्न जेलमा चिनियाँ नागरिक लगायत विभिन्न देशका नागरिकले सजाय भुक्तान गरिरहेका छन् ।

केन्द्रीय कारागारमा ११ चिनियाँ

काठमाडौंको केन्द्रीय कारागारमा ११ जना चिनियाँ थुनुवा र कैदीबन्दी रहेको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले बताए । ‘केन्द्रीय कारागारमा ११ जना चिनियाँ विभिन्न अपराधमा कैदीबन्दीको रुपमा रहेका छन्,’ बाँस्कोटाले भने, ‘खोटा अपचलन, राजस्व चुहावट लगायतका अपराधमा सजाय भुक्तान गरिरहेका छन् ।’

सबैभन्दा धेरै विदेशी थुनुवा र कैदीबन्दी केन्द्रीय कारागारमा छन् । भारतीय १ सय १५ जना, पाकिस्तानी २० जना, चिनियाँ ११ जना, थाई ६ जना, रसियन ५ जना, बंगलादेशी ४ जना, नाइजेरियन र फ्रान्सका ३/३ जना, माली, अफ्रिका, भुटान, बुल्गेरिया र सोमालियाका २/२ जना र भियतनाम, जापान, बेलायत, साउथ अफ्रिका, सिंगापुर, फिलिपिन्स, इरान, क्यानडा, भेनेजुएला, जर्मन र साउदी अरबमा १/१ जना गरी जम्मामा २ सय ५ जना कैदीबन्दी केन्द्रीय कारागारमा रहेका जेलर बाँस्कोटाले बताए ।

राजस्व चुहावटमा नख्खु कारागारमा चिनियाँ

नख्खु कारागारमा राजस्व चुहावटमा १ जना चिनियाँ नागरिकले कैद भुक्तान गरिरहेका नख्खु कारागारका प्रवक्ता कमल पाण्डेले बताए । ‘हाम्रोमा १ जना मात्र चिनियाँ नागरिक छन् । भारतीयको संख्या भने धेरै छ,’ उनले भने ।

भारतका ८० जना, रोमानियाका ५ जना, नाइजेरियाका ३ जना, रसिया, तान्जानिया र बेलायतका २/२ जना नख्खुमा छन् । चीन, इरान, फ्रान्स, डेनमार्क, जर्मन, बंगलादेश, भुटान, अफ्रिका, पपुवान्युगिनी, साउदी अरब र सेनेगलका १/१ जना गरी जम्मामा १ सय ५ जना कैदीबन्दी नख्खुमा रहेका प्रवक्ता पाण्डेले लोकान्तरलाई बताए ।

गैंडा मारेर बिक्रीको अपराधमा सजाय काट्दै चिनियाँ नागरिक

काठमाडौंको डिल्लीबजार कारागारमा १ जना चिनियाँ गैंडा मारेर बिक्री गरेको अपराधमा सजाय भुक्तान गरिरहेका कारागारकी शाखा अधिकृत सीता अधिकारीले बताइन् । ‘१ जना चिनियाँ छन् । उनले गैंडा मारेर बिक्री गरेको अपराधमा सजाय भुक्तान गरिरहेका छन्,’ अधिकारीले लोकान्तरसँग भनिन् ।

भारतीय नागरिक २२ जना, पाकिस्तानी नागरिक २ जना तथा चिनियाँ र इरानी नागरिक १/१ जना कैदीबन्दीको रुपमा डिल्लीबजारमा रहेका अधिकारीले बताइन् ।

सजाय भुक्तानपछि देश निकाला

नेपालमा विभिन्न अपराधमा अदालतबाट सजाय पाएका विदेशीले नेपालको कानून बमोजिम सजाय भुक्तान गर्नुपर्छ । जुन देशमा अपराध गरेको हो त्यही देशको कानून बमोजिम सजाय भुक्तान गर्नुपर्ने व्यवस्था रहेको नेपाल प्रहरीका सहप्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उमेशराज जोशीले बताए ।

‘जुन देशमा अपराध गरेको हुन्छ, त्यही देशको कानून बमोजिम सजाय भुक्तान गर्नुपर्छ,’ एसएसपी जोशीले लोकान्तरसँग भने, ‘नेपाल–चीनसँग सुपुर्दगी सन्धी छैन र भारतसँग पनि छैन ।’

विदेशमा अपराध गरेर नेपाल आएका वा नेपालमा अपराध गरेर विदेशमा फरार रहेका अपराधीलाई इन्टरपोलमार्फत मात्र पक्राउ गर्न मिल्ने इन्टरपोलको नेपालस्थित नेसनल सेन्ट्रल ब्यूरो प्रमुख समेत रहेका एसएसपी जोशीले बताए ।

‘हाल विश्वभरका १ सय ९५ देशमा इन्टरपोलमार्फत सहकार्य हुँदै आएको छ,’ जोशीले भने, ‘यदि कुनै पनि देशको नागरिकले नेपालमा अपराध गरेर आफ्नो देश फरार हुन्छ भने त्यो अपराधीलाई इन्टरपोलको माध्यमबाट नेपाल ल्याउने गरेका छौं ।’

नेपाल प्रहरीको हिरासतमा कति छन् विदेशी ?

नेपाल प्रहरीको हिरासतमा ८ सय ५७ जना विदेशी नागरिक अनुसन्धानका क्रममा रहेका छन् । ७ सय ९३ पुरुष र ६४ महिला हिरासतमा रहेका प्रहरी प्रधान कार्यालयले तथ्यांकमा छ । प्रहरी रेकर्ड अनुसार ७६ पुरुष र ३ महिलासहित ७९ जना विदेशी फरार छन् । 

लागूऔषध कारोबारमा सबैभन्दा धेरै १ सय ८० जना पुरुष र १० जना महिला गरी १ सय ९० जना विदेशी प्रहरीको हिरासतमा छन् । पछिल्लो समय १ किलो ६ सय ग्राम कोकिनसहित आइभेरीकोस्टका मार्सेल ग्वेहीलाई लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा ९ जना विदेशी हिरासतमा छन् भने ३ जना फरार छन् । सार्वजनिक हित स्वास्थ्य सुरक्षा विपरीतको कसूरमा १ सय ९१ जना हिरासतमा छन् भने ४ जना फरार रहेको प्रहरीको तथ्यांकले जनाएको छ ।

डाँकाचोरी, सामान्य चोरी, खोटा अपचलन, सवारी अंगभंग, विस्फोटक पदार्थ, अप्राकृतिक मैथुन, जबरजस्ती करणी लगायत दर्जनौं मुद्दामा विदेशी नागरिक हिरासतमा रहेका प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x