६५ हजार अवैध भारतीय रुपैयाँ बरामद

भदौ २०, २०७६

सिराहा–लुकाइ छिपाई राखेको ६५ हजार भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

सिराहा नगरपालिका–१७ स्थित बसपार्कमा रहेको शिवशक्ति जनरल स्टोरबाट लुकाई छिपाई राखेको ६५ हजार १ सय ५० भारतीय रुपैयाँ बिहीबार दिउँसो प्रहरीले बरामद गरेको हो । 


ADVERTISEMENT

बिना इजाजत सटहीको काम गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी र राजश्वको संयुक्त टोलीले उक्त रुपैयाँ फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

फरार रहेका उक्त स्टोरका संचालक नरेश कुमार साहलाई प्रहरी खोजी रहेको छ ।

 

भदौ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस