आपूर्ति विभागमा अख्तियारको छापा, एक कर्मचारी नियन्त्रणमा

फाइल तस्वीर
भदौ २०, २०७६

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

शुक्रवार आयोगले छापा मार्ने क्रममा विभागका नायब सुब्बा पुरुषोत्तम पोखरेल घुस लिँदै गर्दा पक्राउ परेका छन् ।


ADVERTISEMENT

फर्म दर्ता शाखामा कार्यरत पोखरेलले सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको विभाग स्रोतले जानकारी दिएको छ । उनले सेवा ग्राहीसँग एक हजार रुपैयाँ घुस लिएको बताइएको छ ।

विभागलाई उपभोक्ता सरोकारकाका वस्तु तथा व्यावसायिक फर्महरूमा छापा मार्ने एवम् अनुगमन गर्ने जिम्मेवारी पाएको निकाय हो ।

भदौ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस