मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
काठमाडौं - सैनिक परिवारमा हुर्केका गायक आनन्द कार्कीले अहिलेसम्म ३ हजारभन्दा बढी गीत गाइसकेका छन् । आधुनिक तथा भजन गाएपनि उनलाई गजल गायकका रूपमा चिनिन्छ ।
सोलुखुम्बुका कार्की धेरै समय जन्मस्थल बस्न पाएनन् । बुबा भारतीय आर्मी भएका कारण उनी बुबासँगै गए । उनको बुबाको चाहना छोराले पढेर राम्रो नोकरी गरोस् या त सेनामै भर्ती होस् भन्ने चाहेका थिए रे । लोकान्तरसँग कुरा गर्दै कार्की विगत सुनाउँछन्, ' बुबाले मलाई पढ्नकै लागि सँगै लानुभएको हो । बुवा चाहनुहुन्थ्यो कि छोराले पढोस् र कतै राम्रो काम गरोस् । उहाँलाई पनि लागेको थिएन कि छोरो संगीततिर जान्छ भन्ने ।'
तर उनको संगत संगीत क्षेत्रका मानिसहरूसँग हुन थाल्यो ।
उनी बुबाको चाहनाविपरीत गइरहेका थिए । उनको बाबुले संगीतमा अलिकति पनि भविष्य देखेका थिएनन् । त्यतिबेला उनलाई बुबाले भन्ने गर्थे रे, ' संगीतमा लागेर के छ र फ्युचर ?'
त्यसो त उनलाई संगीतमा अहिले पनि फ्युचर छ जस्तो लाग्दैन । उनी आफैं भन्छन्, 'हुन त हाम्रो अहिले पनि के छ र फ्यूचर ? कुन बेला के हुन्छ केही थाहा छैन । कुनै पनि जागिर खायो भने जागिरमा लाग्नेबित्तिकै उसको जीवन त ढुक्क भयो नि । तर हाम्रो ढुक्कवाला काम थिएन नि ।'
ढुक्कवाला काम नभएकाले बुबाले सपोर्ट नगरेको उनको भनाइ छ ।
बुबाको पूर्ण साथ नपाए पनि उनी संगीत बिना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेका थिए । उनलाई संगीतको नशा लागिसकेको थियो । त्यसैले त उनले १४ वर्षको उमेरमै एकल गायन प्रस्तुति दिए । उनले कार्यक्रममा बुबालाई पनि बोलाए । तर उल्टै गाली खाए । बुबा रिसाए ।
बुबा रिसाए पनि भित्री रूपमा उहाँले सपोर्ट गरिरहेको आफूले चाल पाएको उनी सम्झिन्छन् ।
कसरी नि ?
शुरूआती दिनबारे उनी खुल्छन्, 'मैले १३ वर्षको उमेरमै गीत गाउन थालिसकेको थिएँ । १४ वर्षको उमेरमा मेरो एउटा शो भएको थियो । त्यसमा मैले हिन्दी किशोर कुमारका गीतहरू गाउन लागेको थिएँ । त्यसमा पनि मैले बुबालाई आउनु भनेको थिएँ । उहाँ रिसाउनुभयो । तर उहाँ खुसुक्क आउनुभएको रहेछ । मैले गीत गाउँदा गाउँदै देखिहालेँ । तर उहाँको भित्री मनमा मप्रतिको सपोर्ट रहेछ ।'
उक्त कार्यक्रम सफल भएपछि उनी बुबाको सपना पूरा गर्न तर्फ लागेनन् । उनले १४ वर्षको उमेरमै बुबा गुमाए ।
भावुक हुँदै उनी भन्छन्, 'तर म पूर्ण रूपमा संगीतमा लागिरहँदा भने बुबाले मलाई देख्न पाउनुभएन । त्यो त दुख लाग्छ ।'
त्यसपछि कार्की दुई वटा शोका लागि काठमाडौं आए । कार्यक्रममा पनि सफल भयो । तर उनलाई लखनउ फर्कन मन लागेन । उनलाई काठमाडौंको मोहले छाडेन । भन्छन्, ' मलाई काठमाडौं यति मन पर्यो कि म चाहिँ यतै बसेँ । साथीहरूलाई पठाइदिएँ ।'
खाली समयमा उनलाई दाईको एक जना साथीले भनेछन्- अहिले तिमी फ्री भएको बेला फ्याक्ट्रीमा काम गर न त ।
उनले हुन्छ भने ।
आफूलाई चप्पल कारखानामा सुपरभाइजरको काम दिइएको उनले बताए । संगीतको लत लागेका कार्की अरू काममा के अल्झिन सक्थे र । त्यसैले त कार्यस्थलमा टेबुल ठटाउँदै गीत गाउन थाल्थे । उनको यस्तो काम देखेर दाईको साथीले भनेछन- भाई तिमी गीतसंगीतमै लाग । यता काम भएन ।
उनले चप्पल कारखानामा सुपरभाइजरको जागिर पनि छोडे । त्यसपछि आफू १०-१५ दिनभन्दा खाली बस्न नपरेको उनी बताउँछन् । भन्छन्, ' गीत गाउनका लागि एभरेष्ट स्यारेटनबाट प्रपोजल आयो । म त्यहाँ फर्स्ट भएँ । कन्ट्र्याक्ट एक वर्षको थियो । त्यसरी बस्दाबस्दै म यताको यतै भएँ ।'
तर काठमाडौं बसाइ उनको लागि शुरूमा त्यति सुखद् भएन । भन्छन्, 'नेपाली भाषा, संस्कृतिसँग नभिनेको कारण मलाई पहिलापहिला गाह्रो भएको थियो । म नेपाली भएपनि भारतमा बसेको भएकाले उतैको संस्कृति बुझेको थिएँ ।'
शुरूका दिनमा आफू हेपिएको पनि उनी बताउँछन् । कारण खोल्छन्, 'राम्रो गर्दा पनि एप्रिसिएट गर्दैन थिए कसैले पनि । तर इन्डियामा यस्तो संस्कार थिएन ।'
*****
आनन्द कार्की भारतीय गायन रियालिटी शो 'सारेगम'को विजेता समेत हुन् । आफूले जगजित सिंह, गुलाम जस्ता दिग्गजको बीचमा बसेर गीत गाउने मौका पाउँदा निकै खुशी लागेको उनी बताउँछन् । उद्घोषक सोनु निगमले त्यतिबेला भन्थे रे- म कहिले कुमार सानु, उदित नारायण झा जस्तो बन्ने होला ! त्यतिबेला सोनुले दुखका कुराहरू गर्ने गरेको कार्की सम्झन्छन् । त्यसैले अहिले कार्कीलाई लाग्छ- मेहनतको बाटो हिँड्यो भने अवश्य सफल भइँदो रहेछ ।
अहिलेका गीत किन सदाबहार बन्दैनन्?
अहिले गीतलाई एकदमै हल्का तरिकाले लेख्न थालिएको उनलाई लाग्छ । भन्छन्, 'जसले पनि गीत लेख्न थाले । पर्टिकुलर राइटरले गीत लेख्न छाडिसके ।
पुराना दिन सम्झँदै उनी भन्छन्, 'पहिलाको कुरा गर्ने हो भने हाम्रो प्रतिस्पर्धा इन्डियन गायकसँग हुन्थ्यो । हामीले कमजोर गीत गायो भने सेकेन्ड चान्स पाउन गाह्रो हुन्थ्यो । रेकर्डिङहरू पनि इन्डियामै हुन्थ्यो । संगीतकारहरूले पनि निकै मेहनत गरेर गीत बनाउँथे । गीतका शब्दहरू राम्रो राम्रो राइटरहरूलाई लगाइन्थ्यो ।'
अहिले एकै जनाले गीतका सबै काम गर्दा उनलाई चित्त बुझेको छैन । 'अहिले एकै जनाले गीत लेख्छन्, गाउँछन् र संगीत पनि गर्छन् । एउटैले सबै चीज गर्यो भने भेराइटिज त आएन नि ।'
जोसँग जे क्षमता छ, उसले त्यही अनुसार काम गर्नुपर्ने उनको बुझाइ छ ।
'गीतकारलाई गीत लेख्न दिनुपर्यो, संगीतकारलाई संगीत गर्न दिनुपर्यो अनि गायकलाई गाउनमात्रै दिनुपर्यो । अहिले गीतको बजेट पनि कम हुन्छ । सबै काम एउटैले गर्ने भएपछि सस्तो भयो नि,' अचेलका गीत लामो समयसम्म नचल्नुको कारण खुलाउँछन् उनी , 'त्यही भएर अहिले गीत पपुलर भए पनि केही समयमै हराइहाल्छ ।'
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...