पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
भदौ २२, २०७६
बुटवल– बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शनिवार राति एक डेंगु संक्रमित महिलाको मृत्यु भयो । कपिलवस्तु वाणगंगा नगरपालिकाकी–७ की ६१ वर्षिया सावित्रा आचार्यको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रदेश नम्बर ५ को राजधानी बुटवल (रूपन्देही) तथा यस आसपासका अन्य जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन् । बिरामी वृद्धिको संख्या हेर्दा यसले प्रदेश राजधानीमा महामारीको रूप लिने संकेत देखिन थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार एक जनाको मृत्यु भएको छ भने ८० जना बिरामीमा डेंगु पोजेटिभ देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले साउन २८ गतेदेखि रूपन्देहीमा डेंगुका बिरामी भेटिएको र भदौ १५ पछाडि बिरामी ह्वात्तै बढेको लोकान्तरलाई जानकारी दिए ।
गएका केही वर्षमा असोज अन्तिम सातातिर देखिने डेंगु अहिले साउनमै देखियो । डेंगुका बिरामी लगातार बढ्दै जाँदा समेत यसको नियन्त्रणका लागि स्थानीय तहदेखि प्रदेश सरकारले कुनै चासो दिएका छैनन् ।
प्रदेश राजधानीमा डेंगुको सक्रमण महामारीको रूपमा देखिन थाल्दा समेत ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान समेत सञ्चालन गरिएको छैन ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । संक्रमित बिरामी प्रादेशिक अस्पताल, बुटवल अस्पताल प्रालि, क्रिमसन अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवा, सिद्धार्थ महिला तथा बाल अस्पतालमा उपचार भइरहेको गिरीले जानकारी दिए ।
पछिल्ला दिनमा रूपन्देहीमा दैनिक १० जनाभन्दा बढी नयाँ डेंगुका बिरामीहरू फेला परेका छन् ।
विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य क्षेत्रको सबै जिम्मेवारी बहन गर्दै आएकोमा स्थानीय सरकार गठनपछि स्वास्थ्यको जिम्मेवारी स्थानीय तहमा सरेको छ । तर संघ र प्रदेश सरकारले पनि समन्वय नगरेपछि जनस्वास्थ्यसँग जोडिएको डेंगु नियन्त्रणमा स्थानीय तहलाई हाइसञ्चो भएको छ । प्रदेशको स्वास्थ्य हेर्ने सामाजिक विकास मन्त्रालयले कुनै अभियान शुरू गरेको पाइएको छैन ।
डेंगु संक्रमण फैलिरहँदा पनि रूपन्देहीका स्थानीय तहले अहिलेसम्म कुनै योजना बनाएका छैनन् ।
बुटवल उपमहानगरपालिकाले सामान्य जनचेतना जगाउने काममा मात्रै सक्रियता देखाएको छ । जनस्वास्थ्य अधिकृत कपिलप्रसाद गौतमले विभिन्न वडाहरूमा स्वास्थ्य स्वयंसेविकाहरूमार्फत जनचेतना जगाउने काम भइरहेको बताए ।
‘ठोस रूपमा काम अघि बढेको छैन, अब एक सातामा खोज र नष्ट गर अभियान सञ्चालन गर्छौं,’ उनले भने ।
उपमहानगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य केन्द्रहरूमा सामान्य ल्याब परीक्षणको व्यवस्था गर्ने बाहेक उपमहानगरपालिकाले पूूर्व तयारीका कार्यक्रम गरेको छैनन् ।
अहिले टोलटोलमा यसबारे जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्ने लगायतका काम मात्र गरिएको उनले बताए ।
अहिलेसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्रै २६ जना संक्रमितको उपचार जारी छ ।
डेंगु नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले पनि अहिलेसम्म कुनै कदम चालेको छैन । डेंगुकै लागि लक्षित गरी अहिलेसम्म एउटा पनि बैठक बसेको छैन भने यसबारे छलफल नै भएको छैन । तर अहिले डेंगुको संक्रमण बढ्दै गएकाले आन्तरिक तयारी भने शुरू गरिएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक काशीनाथ बञ्जाडेले जानकारी दिए ।
‘अबको एक साताभित्र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सचेतना जगाउँछौं,’ उनले भने । यसबाहेक तिलोत्तमा नगरपालिकामा डेंगु नियन्त्रणका लागि थप योजना बनेको छैन ।
गत वैशाखमा पूर्वी तराईबाट शुरू भएको डेंगुले प्रकोपकै रूप लिएर मुलुकका अधिकांश जिल्ला फैलिई मानवीय क्षति समेत भइरहँदा पनि जिम्मेवार निकायमा त्यो स्तरको संवेदनशीलता अझै देखिएको छैन ।
कपिलवस्तु, दाङ, पाल्पा लगायतका प्रदेशका अन्य जिल्लाहरूमा पनि डेंगुका बिरामी भेटिएका छन् । ४२ जिल्लामा फैलिएको डेंगुले काठमाडौंमा समेत गरी अहिलेसम्म ५ जनाको ज्यान लिइसकेको छ ।
स्थितिले गम्भीर रूप लिइसक्दा पनि नियन्त्रणमा पर्याप्त समन्वय र सतर्कता अपनाएको देखिएको छैन । रूपन्देहीको देवदह नगरपालिकाले बल्ल योजना बनाउने गृहकार्य थालेको जनाएको छ ।
‘जनचेतनाका लागि ब्रोसर छाप्न दिएका छौं, त्यो तयार भएपछि सचेतनाको काम शुरू हुन्छ,’ देवदह नगरपालिकाका स्वाथ्य शाखा संयोजक धु्रवराज घिमिरे भने, ‘अब छिट्टै नै कार्यपालिकाको बैठक बसेर खोज र नष्ट गर अभियान चलाउँछौं ।’
सैनामैना नगरपालिकाको पनि कुनै तयारी गरेको छैन । बजेट अभावले डेंगु नियन्त्रण अभियान सञ्चालन गर्न नसकिएको सैनामैनाका जनस्वास्थ्य निरीक्षक युवराज पाण्डेले जानकारी दिए ।
रूपन्देहीमा आर्थिक वर्ष २०६७/०६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए । उक्त वर्ष रूपन्देहीमा मात्रै ४ जनाको मृत्यु भएको थियो । त्यस्तै ०७३/०७४ र ०७४/०७५ मा २/२ जना गरी ४ जनाको मृत्यु भएको थियो । डेंगु देखिएयता ८ जनाको मृत्यु भइसकेको छ ।
०७४/०७५ मा चितवन र रूपन्देहीमा महामारी नै फैलिएको थियो । ८ वर्षको अन्तरालमा रूपन्देहीमा करीब १५ सयमा डेंगु रोग लागिसकेको छ । प्रत्येक वर्ष डेंगु संक्रमित भेटिए पनि रूपन्देहीमा पछिल्लो दुई वर्षयता रोकथामका लागि बजेट आएको छैन ।
स्थानीय तहहरूले भने बजेट छुट्टयाएर पनि काम गरेका छैनन् । जनस्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले डेंगु नियन्त्रणका लागि स्थानीय तहमा बजेट र कार्यक्रम गएको तर स्थानीय तहले नियन्त्रणका लागि पहल नगरेको दाबी गरे ।
रूपन्देहीमा रगत अभाव छैन !
डेंगुका बिरामीहरूका लागि आवश्यक पर्ने पीआरपी (सेतो रगत)को अभाव नरहेको नेपाल स्वयंसेवी रक्तदाता समाजले जनाएको छ ।
समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले डेंगुका बिरामीका लागि आवश्यक पर्ने सेतो रगत ब्लड बैंक बुटवलमा प्रर्याप्त रहेको बताए । उनले भने, ‘रगत नपाए बुटवल आउनु । रगत नपाएर बिरामीको स्वास्थ अवस्था बिग्रने सम्भावना रूपन्देहीमा छैन । डेंगुलाई सबै मिलेर जित्नुपर्छ ।’
बिरामीलाई अहिलेसम्म रगतको अभाव हुन नदिएको समाजको दाबी छ ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...