कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
हाम्रो वातावरण र जीवनमा रुखको विशेष स्थान छ । रुखविना हामी स्वस्थ रहन सक्दैनौं । त्यसैले सबैजनाले घरमा एउटा भएपनि रुख लगाउनुपर्छ । रुखले हामीलाई प्राणवायु अक्सिजन दिन्छन् । रुखसम्बन्धी केही आश्चर्यजनक तथ्यहरू भेटिन्छन् जसका बारेमा हामी यहाँ चर्चा गर्नेछौं ।
रुख यस धर्तीका सबभन्दा पुराना प्राणी हुन् र रुख बूढो भएर मर्ने कहिलेपनि हुँदैन (मान्छेले वा हावाहुरीले ढालेर मात्र रुख मर्ने हो) ।
धर्तीमा मनुष्यको विकास भएदेखि अहिलेसम्म करीब तीन लाख करोड जति रुख काटिसकिएका छन् । यो हिसाबमा हेर्दा हरेक दुई सेकेन्डमा एउटा फूटबल मैदानबराबरको जंगल फँडानी भइरहेको छ ।
प्रतिवर्ष जुन तीव्रताका साथ रुख रोपिन्छ, त्यसभन्दा दुईगुणा बढी तीव्रताका साथ काटिन्छ । प्रतिवर्ष १० अर्ब रुख काटिन्छन् संसारभरि ।
एउटा रुखले एक वर्षमा लगभग २१.७ किलो कार्बनडाइअक्साइड ग्रहण गर्छ अनि दिनमा चारजना व्यक्तिले जीवन पाउने अक्सिजन निकाल्छ ।
धर्तीमा विद्यमान रुखको संख्या ताराभन्दा बढी अनि मानव दिमागको कोशिकाभन्दा बढी छ । धर्तीमा करीब ३० देखि ४० खर्ब रुख छन् तर तिनको तीव्र गतिमा विनाश भइरहेको छ ।
संसारका देशमा सबभन्दा बढी रुख रुसमा छ । रुसमा करीब ६४१ अर्ब रुख छन् भने क्यानाडामा ३१८ अर्ब, ब्राजिलमा ३१८ अर्ब, ब्राजिलमा ३०१ अर्ब, अमेरिकामा २२८ अर्ब रुख छन् ।
संसारभरिमा एक व्यक्तिका लागि ४२२ वटा रुख मात्र बचेका छन् ।
रुख लगातार एउटा पंक्तिमा हुँदा धूलोहिलोको स्तर ७५ प्रतिशतसम्म कम गरिदिन्छन् अनि ध्वनिप्रदूषणलाई पनि ५० प्रतिशतले कम गरिदिन्छन् ।
एउटा रुखले १० वटा कोठामा २० घन्टासम्म चल्ने एसीबाट निस्कनेजति चिसो निकाल्छ । रुखहरू भएको ठाउँको तापक्रम अन्य स्थानभन्दा नौ डिग्री बढी चिसो हुन्छ ।
रुखले जम्मा १० प्रतिशत खुराक माटोबाट लिन्छन् भने ९० प्रतिशत हावाबाट । एउटा रुखले एक वर्षमा धर्तीबाट लगभग दुई हजार लिटर पानी सोस्छन् ।
संसारको २० प्रतिशत अक्सिजन अमेजनको जंगलले उत्पन्न गर्छन् । यी जंगलहरू आठ करोड १५ लाख एकड क्षेत्रमा फैलिएका छन् ।
मान्छेजस्तै रुखलाई पनि क्यान्सर लाग्छ र यसो हुँदा उनीहरू कम अक्सिजन दिन थाल्छन् ।
रुखको उमेर र उसको वृद्धिका साथसाथै जराहरू गहिरोसम्म पुग्छन् । दक्षिण अफ्रिकामा भएको एक अंजीरको रुखको जरा जमीनमा ४०० फीटमुनिसम्म फैलिएको छ ।
संसारको सबभन्दा पुरानो रुख स्विडेनको डलार्ना प्रान्तमा छ । टिजिक्को नाम दिइएको यो रुख नौ हजार ५५० वर्ष पुरानो छ र यसको लम्बाइ १३ फीट छ ।
एजेन्सी
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...