महिन्द्रा टू ह्वीलरले बनाउँदै छ सबैलाई दङ्दास

भदौ २३, २०७६

काठमाडौं ।महिन्द्रा टू ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले चाडपर्वकोे अवसर पारेर  “महिन्द्रासँग सबै दङ्दास” योजना सार्वजनिक गरेको छ । 

योजनामा बाइक तथा स्कुटरको खरिदमा तुरुन्तै क्याश, रु १० हजारको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनाले नेपालीहरुको महान् पर्वलाई रौनक थपी सबैलाई दङ्ग बनाउने विश्वास कम्पनीले लिएको छ ।


ADVERTISEMENT

नेपालभर रहेका आधिकारिक विक्रेता मार्फत बाइक तथा स्कुटरको खरिद गर्दा यो छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् ।

यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका  छन् ।
 

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार