मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भदौ २३, २०७६
काठमाडौं – रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता अनुसार पूर्वाधार निर्माण नहुँदै नेपाल आयल निगमले पाइपलाइन उद्घाटन गर्ने भएको छ ।
मंगलवार प्रधानमन्त्री निवास वालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओली र दिल्लीको हैदरावाद हाउसबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दैछन् ।
सन् २०१५ अगस्त २४ गते भारतसँग पेट्रोलियम पाइपलाइन निर्माणका सम्बन्धमा भएको सहमति अनुसार अमलेखगञ्जमा इन्धन भण्डारणका लागि ४१/४१ सय किलोलिटर क्षमताका २ वटा ट्यांकी निर्माण गर्नुपर्ने हो तर ट्यांकी निर्माण नहुँदै पाइपलाइन उद्घाटन हुन थालेको छ ।
पाइपलाइन निर्माणका लागि २ अर्ब ७५ करोड भारतीय रुपैयाँ लागत लाग्ने र सोही लागतभित्रै २ वटा ट्यांकी पनि निर्माण गर्ने सम्झौता तत्कालीन आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका तत्कालीन समकक्षी धर्मेन्द्र प्रधानबीच भएको थियो ।
सम्झौतामा २ अर्ब भारतीय रुपैयाँ इण्डियन ओयल कर्पोरेसन (आईओसी) र ७५ करोड भारु नेपाल आयल निगमले खर्च गर्ने उल्लेख छ । निगमले गर्ने ७५ करोडभित्र अमलेखगञ्जमा ४१ सय किलोलिटरका २ वटा ट्यांकी बनाउने, फायर फाइटिङ (आगो नियन्त्रण)का सामान र प्रयोगशालाका सामान ल्याई प्रयोगशाला निर्माण गर्ने र लोडिङ वे (पेट्रोलियम पदार्थ लोड तथा अनलोडका लागि बाटो) बनाउने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा उल्लेख भएअनुसार निगमले अमलेगञ्जमा फायर फाइटिङका सामग्री ल्याएर फायर फाइटिङको व्यवस्था मिलाएको छ । सम्झौताअनुसार २ वटा ट्यांकी निर्माण भएको छैन, ल्याब निर्माण गरिएको छैन ।
निगमले नयाँ ट्यांकी निर्माण नहुँदासम्म कामचलाउ रुपमा पहिलेदेखि नै अमलेखगञ्जमा सञ्चालनमा रहेका मट्टितेलका ट्यांकीलाई स्तरोन्नति गरेको छ । १ हजार ९ सय किलोलिटर क्षमताका मट्टितेलका ट्यांकी सफा गरेर डिजेल भर्ने व्यवस्था मिलाइएको निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जनाएका छन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सम्झौता अनुसार पूर्वाधार पूरै नबनेपनि पाइपलाइन चलाउन मिल्ने पूर्वाधार तयार भएको बताए । सम्झौता अनुसार बन्नुपर्ने ट्यांकी निर्माणका लागि कन्ट्याक्टर छनोट गरिएको छ ।
निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले हाललाई अमलेखगञ्ज, काठमाडौं, पोखरा लगायतका इन्धन भण्डारण गृहको क्षमता अनुसार पाइपलाइनमार्फत तेल आयात गर्ने र निर्माण गर्ने भनिएका ट्यांकी निर्माण गरिने बताए । ‘अहिले हामीले डिजेल मात्रै ट्रान्सफर गर्दैछौं । त्यो ट्याङ्की पेट्रोलको हो, त्यो बन्छ,’ उनले भने ।
पाइपलाइनमार्फत डिजेल मात्रै आयात
मंगलवार उद्घाटन हुने पेट्रोलियम पाइपलाइनमार्फत पहिलो चरणमा डिजेल मात्रै आयात गर्ने निगमले जनाएको छ । अमलेखगञ्ज डिपो प्रमुख यादवका अनुसार पाइपलाइनबाट प्रतिघण्टा २ सय ९४ किलोलिटरका दरले डिजेल आयात हुनेछ । अमलेखगञ्जसम्म दैनिक ४ हजार किलोलिटर (४० हजार लिटर) डिजेल आयात हुने र हालकै ढुवानी दरमा मासिक ३० करोड (करीब वार्षिक ३ अर्ब) रुपैयाँ ढुवानी वापतको रकम जोगिने निगमले जनाएको छ ।
नेपाल आयल निगमले निगमबाट पेट्रोलियम पाइपलाइन र पूर्वाधार निर्माणका लागि हालसम्म गरिएको खर्चको विवरण संकलन नभएको जनाएको छ । निगमका कार्यकारी निर्देशक पौडेलले निगमले गर्ने भनेको खर्च पूरै हुने र खर्चको विवरण आईओसीबाट आएपछि मात्रै सार्वजनिक गर्न मिल्ने बताए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...