अमेरिकाको नेभादा विमानस्थलमा सानो विमान दुर्घटनाग्रस्त, २ जनाको मृत्यु

भदौ २३, २०७६

काठमाडौं – अमेरिकामा नेभादा विमानस्थलमा सानो विमान दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । 

सिंगल इन्जिन भएको बीचक्राफ्ट सीएरामा चारजना यात्रु थिए । शनिवार उक्त विमान हेन्डरसन एक्जेक्युटिभ एयरपोर्टबाट जिलेस्पी फील्ड एयरपोर्ट जाने कार्यक्रम थियो । 


ADVERTISEMENT

उडान भरेको केही समयपछि नै विमानमा यान्त्रिक गडबडी आएको र हेन्डरसन एक्जेक्युटिभ एयरपोर्ट फर्कन खोजेको थियो । 

विमान विमानस्थलभन्दा आधा माइल पर मरुभूमि क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो र आगो लागेको थियो ।

हेन्डरसन फायर डिपार्टमेन्टलाई घटनास्थलमा बेलुका पौने ८ बजेतिर पठाइएको थियो । 

एक यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य यात्रुलाई उपचारका लागि अस्पताल लगिएको थियो । 

एक व्यक्तिको अस्पतालमा मृत्यु भयो भने अन्य दुई यात्रीको अवस्था गम्भीर छ । 

घटनामा एक बटुवा पनि घाइते भएका छन् । 

ती व्यक्ति घटनास्थलमा गाडी चलाएर गइरहँदा दुर्घटना देखेर घाइतेहरूलाई सहायता गर्न गएका थिए । 

धूवाँले सास फेर्न अप्ठ्यारो भएपछि उनको उपचार चलिरहेको थियो ।

एजेन्सी 

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस