कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक पटक मात्रै प्रयोग हुने प्लाष्टिकजन्य सामग्रीहरूलाई प्रतिबन्ध लगाउन जोड दिनुभएको छ ।
भारतमा देशभरी र विश्वभरी नै आगामी दिनमा यस्ता प्लाष्टिकजन्य सामग्रीहरुको प्रतिबन्ध लगाउने व्यवस्था गर्न आवश्यक भएको उहाँले सोमबार बताउनुभयो ।
नयाँ दिल्ली नजिकै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जमिनका लागि प्लाष्टिक अत्यन्त घातक चिज भएकोमा जोड दिनुभयो ।
प्लाष्टिक नियन्त्रणको प्रयास अहिले देखि नै शुरु नगरेमा भविश्यमा यस्ले ठूलो समस्या निम्त्याउने प्रधानमन्त्री मोदीको भनाई थियो ।
“प्लाष्टिकको प्रयोग गर्दै फाल्दै गर्नुको अर्थ हाम्रो स्वास्थ्यलाई पनि असर पार्दै जानु हो, एक पटक प्रयोग गर्दै प्लाष्टिक फाल्दै गर्दा हाम्रो स्वास्थ्य, जमिन, कृषिलगायत धेरैतिर असर परेको हुन्छ,” मोदीले भन्नुभयो ।
उहाँले विकास निर्माणका कामहरु गर्दा पनि वातावरणमैत्री गराउनु पर्नेमा जोड दिनुभयो । प्रयोग भएका वा प्रयोग गर्नै पर्ने प्लाष्टिकजन्य सामग्रीहरुलाई पनि हानिरहित हुनेगरी व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ ।
“प्रधानमन्त्री मोदीले एक पटक प्रयोग गरेर फालिने प्लाष्टिकलाई संसारबाट विदाई गर्ने वेला आइसकेको छ,” उहाँले भन्नुभयो ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...