ओलीलाई विश्राम दिन गगन थापाले गरेको प्रस्तावप्रति नेकपा सांसदको आपत्ति

भदौ २४, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यका कारण विश्राम गर्न दिनुपर्ने नेपाली कांग्रेसका सांसद गगन थापाको प्रस्तावप्रति नेकपा सांसदले सदनमा आपत्ति जनाएकी छिन् । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेकपाकी राधा ज्ञवालीले ओलीलाई विश्राम दिनुपर्छ भन्ने प्रस्ताव अराजक भएको टिप्पणी गरेकी हुन् ।


ADVERTISEMENT

‘विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पालाका सुस्वास्थ्यको कामना गर्दै राज्य सञ्चालनमा सहयोग गरेका थियौं,’ सांसद ज्ञवालीले भनिन्, ‘संविधानतः निर्वाचित राजनीतिक दलका नेता र प्रधानमन्त्रीलाई विश्राम दिनुपर्छ भन्नु अराजक हो ।’

नेत्री ज्ञवालीले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा उनको योगदानको स्मरण गरिन् ।

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार