×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : पेट्रोलियम पाइपलाइन सुरु भएसँगै २४ वर्षको सपना साकार, लगत्तै मूल्य घट्यो

भदौ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आज मिति २०७४ भदौ महिनाका २५ गते बुधबार । बितेको २४ घण्टामा देशभर भएका मुख्यमुख्य घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

    पाइपलाइन  सुरु 
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्तरूपमा स्वीच थिचीे उक्त पाइपलाइनको मंगलबार उद्घाटन गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीहरूले आ–आफ्नो ठाउँबाट भिडियो कन्फरेन्समार्फत सो पाइपलाइनको उदघाट्न गरेका थिए । 


Advertisment
Nabil box
Kumari

    भारतीय आयल कर्पोरेशनले (आईओसी) का पदाधिकारीहरूले नेपाल आयल निगम (एनओसी) लाई डिजेल हस्तान्तरण गरेपछि यो परियोजना सञ्चालनमा आएको हो । मंगलबार पहिलो खेपमा भारत बिहारको मोतिहारीबाट बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा पहिलोचोटि सात हजार किलो लिटर डिजेल आइपुगेको छ । 

Vianet communication
Laxmi Bank

        नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लागतमा बनेको उक्त परियोजनामा नेपालको रु ७५ करोड लगानी रहेको । परियोजनामा भारत सरकारको भारतीय रु चार अर्ब ४० करोड आर्थिक सहयोग रहेको छ । सो पाइपलाइनको कूल लम्बाइ ७० किलो मिटर रहेको सो पाइपलाइनको लम्बाइ भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर रहेको छ । 

    पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि ढुवानीवापत अब वार्षिक रु दुई अर्ब बचत हुने विश्वास लिइएको छ । यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ ।
यसैबीच पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ घटाउने निर्णय भएको बताए । निगमका अनुसार मूल्य घटेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०७ रूपैयाँ भएको छ । यसैगरी, डिजेल र मट्टीतेलको मूल्य ९५ रूपैयाँ प्रतिलिटर भएको छ । 

प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक

    नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

    प्रधानसेनापति थापाले मंगलबार नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो । थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा छ । थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको छ ।

    यस्तै प्रधानसेनापति थापाको नेपाल इन्भेष्टमेन्ट बैंकमा रु १६ लाख ६१ हजार, सोही बैंकमा पाँच हजार नौ सय अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा रु ४२ हजार र श्रीमतीको नाममा मेघा बैंकमा रु ५० हजार रहेको छ । श्रीमतीको नाममा मेघा बैंकको २४ हजार कित्ता प्रमोटर र नौ हजार साधारण शेयर रहेको छ भने डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता शेयर रहेको उल्लेख छ । उनले ग्लोबल आइएमईबाट रु १८ लाख, कल्याणकारी कोषबाट रु पाँच लाख, एनबी बैंकबाट रु ९८ लाख र लक्ष्मी बैंकबाट रु ३० लाख ४५ हजार विभिन्न मितिमा ऋण लिएको देखिएको छ । उनीसँग फिगो फर्ड कार रहेको छ । 

जोशीको चित्राङ्कित सिक्का लोकार्पित

अर्थमन्त्री डा युवराज खतिवडाले वाङ्मय शताब्दी पुरुष  सत्यमोहन जोशीको चित्राङ्कित तीन थरि सिक्का लोकार्पण गरेका छन् । रु दुई हजार पाँच सय र रु एक हजारका सिक्का पूर्णरुपमा चाँदीद्वारा तथा रु एक सयको सिक्का चाँदी र तामालगायत अन्य वस्तुको मिश्रणबाट निर्माण भएको बताइएको छ । 

    ललितपुर महानगरपालिका परिवारले मंगलबार जोशीको जन्मोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा  अर्थमन्त्रीले उक्त सिक्का लोकार्पण गर्दै नेपालका १० कार्यकालका गभर्नर पाइसकेका जोशीजस्ता व्यक्तिलाई सम्मान गर्न पाउनु देशको ठूलो अहोभाग्य भएको र  सिक्का पूरै ललितपुरको स्मरण गराउने एक विशेष माध्यम बन्ने बताए । 

सभापति देउवाद्वारा कार्यकतालाई निर्देशन 

    नेपाली काङ्ग्रेसले सुनसरीबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । सुनसरी सदरमुकाम इनरुवाबाट मंगलबार हिमाल, पहाड, तराई–मधेश काङ्ग्रेस राष्ट्रिय जागरण अभियान अगाडि बढाएको हो । 

    अभियानको शुरुआत गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार क्रियाकलापको विरोध गरे । उनले अभियानमा सक्रिय भएर जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।  लोकतन्त्रमाथि चुनौती देखिएको भन्दै उनले लोकतन्त्रको संरक्षणका लागि आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको बताए । 

    लोकतन्त्रका उपलब्धि गुम्न सक्ने खतरा बढ्दै गएको उल्लेख गर्दै सभापति देउवाले  काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप कहिले स्वीकार्य नहुने बताउनुभयो । उहाँले उपनिर्वाचनमा काङ्ग्रेसलाई जिताउनका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    बिपी कोइरालाको १०६औँ जन्मजयन्ती अवसरमा जागरण अभियान मंगलबारबाट शुरु गरेको र आगामी असोज ७ गते समापन हुनेछ । कार्यक्रमको शुरुआत सभापति देउवाले रूखको बिरुवामा पानी हालेर गरेका हुन् । 

        प्रदेश लोकसेवा आयोगको विधेयक पारित

    प्रदेश नम्बर ३ को प्रदेशसभाको मंगलबार अपराह्न बसेको बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारको कार्यविधि र व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पारित गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव राखेका थिए। 

    काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि
  
    अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको मंगलबार अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव मंगलबार बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको शव चितवन लगिएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको शवलाई रोल्पा लगिएको जनाइएको छ । 

    थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा शव नेपाल झिकाइएको हो । गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाउनु भएको थियो । थापाका बाबु आमा, श्रीमती र दुई छोरा रहेका छन् । 

नाराको अध्यक्षमा नेपाल निर्वाचित 

साहसिक जलयात्रा पर्यटन व्यवसायीको संस्था नेपाल एसोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा गङ्गाप्रसाद नेपाल निर्वाचित भएका छन् ।  नाराको मंगलबार सम्पन्न ३१औँ साधारणसभा तथा निर्वाचनमा अर्का उम्मेदवार कमलबहादुर ठकुरीलाई हराउँदै नेपाल निर्वाचित हुनुभएको हो । नेपालले ३७ मत प्राप्त गरे भने ठकुरीले २५ मत प्राप्त गरे ।  

यस्तै उपाध्यक्षमा मेघबहादुर आले, महासचिवमा शिशिर खनाल, सचिवमा इन्द्रबहादुर राना, कोषाध्यक्षमा रीता अधिकारी र सहकोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका छन् । 
 यस्तै सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया र गोपाल राना विजयी भए । 

प्रहरी महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाहिर अपराध गरेर लुक्छु भनेर नेपालमा आउने अपराधीहरूको योजना सफल नहुने बताएका छन् ।  महानगरीय प्रहरी परिसर, महानगरीय अपराध नियन्त्रण महाशाखा र नेपाल पुलिस क्लबको बहुउद्देश्यीय भवन शिलान्यासपछि मंगलबार पुलिस क्लबमा आयोजित समारोहमा उनले विदेशी अपराधीहरू अब प्रहरीको नजरबाट भाग्न नसक्ने दावी गरे । 


भरतपुरको फोहर नारायणी किनारमा फाल्न रोक

भरतपुर महानगरपालिकाको फोहर नारायणी किनारमा फाल्न स्थानीयवासीले रोक लगाएका छन् । महानगरपालिकाले जनताको माग सम्बोधन नगरेको भन्दै वडा नं ३ का स्थानीयवासीले फोहर फाल्न रोक लगाएका हुन् । 

स्थानीयवासीले ल्याण्डफिल्ड साइटपीडित सङ्घर्ष समितिसमेत बनाएका छन् । महानगरले भरतपुर महानगरपालिका–३ स्थित नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । तर महानगरले ल्याण्डफिल्ड साइट निर्माण नहुञ्जेलसम्मका लागि भन्दै सो क्षेत्रमा फोहर फाल्ने गरेको हो ।

मंगलबार बिहान ५ बजेबाट नै जम्मा भएर फोहर फाल्न रोक लगाइएको ल्याण्डफिल्ड साइटपीडित सङ्घर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिए । 

यू–१९ एशिया कप क्रिकेट 

श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १६० रनले पराजित गरेको छ । 

    श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २८५ रन बनायो । २८६ रनको विजय लक्ष्य पछ्याएको यूएई ३४ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै १२५ रनमा समेटियो । 

    उपनिर्वाचनका लागि नामावलीसम्बन्त्री कार्यक्रम असोज १ देखि 

    आगामी मङ्सिर १४ गते  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ ।

    निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुनेछ ।

    निर्वाचन सञ्चालन हुने सम्बन्धित वडाका मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द÷त्याग गरेका मतदाताको नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्नु आयोगले सबैमा अनुरोध गरिएको छ ।
 
    मुलुकका ३७ जिल्लाका १५४ वडामा चार लाख ४७ हजार ७९२ मतदाताको नामावली विवरण तयार गरी आद्यावधिक कार्यक्रम (दाबी विरोध) प्रयोजनका लागि सम्बन्धित जिल्लामा पठाई सकिएकोे आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए । नाम दर्ता बिहान १० देखि ५ बजेसम्म रहने र विदाको दिनमा पनि सञ्चालन हुनेछ ।

    मतदाता नामावली प्रकाशन असोज १ गते, २ गते नाम सच्याउने, ७ गते सच्याएको नाम छानबिन गरी अभिलेखमा अद्यावधिक गर्ने, ८ गते सच्याएको नाम सूचना पार्टीमा टाँस्ने र नामावली प्रकाशित गर्ने तथा १० गते अद्यावधिक गरिएको अन्तिम नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाउने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । 

कालाजारबाट महिलाको मृत्यु

    कालाजारबाट रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको मृत्यु भएको हो । 

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालका अनुसार भैरहवास्थित मेडिकल कलेजमा रानालाई उपचारको क्रममा कालाजार भएको पत्ता लागेको थियो । उनलाई थप उपचारका लागि बुटवल ल्याइएको थियो । 

यसैबीच प्रदेश नं ५ मा १२६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x