नेकपा प्रदेश अध्यक्ष दाहाललाई पितृशोक

भदौ २५, २०७६

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहाललाई पितृशोक परेको छ ।

उनका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको बुधवार राति आफ्नै निवासमा निधन भएको छ ।


ADVERTISEMENT

भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उनको निधन भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुवा समेत रहेका दाहाल चितवनमा कास्कीबाट विक्रम संवत् २०१९ मा बसाइँ सरेर आएका थिए ।

दाहाल विक्रम संवत् २०३६ देखि भूमिगतरूपमा किसान संगठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए ।

नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उनका ४ छोरा र २ छोरी छन् । उनको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ । उनको बुधवारै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस