कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
दार्चुला- शैल्यशिखर नगरपालिका–९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो ।
अहिलेको बर्खा सकिनैलाग्दा त्यो टोलवासीले बर्खाको समस्या झेल्नुपरेन । सबैभन्दा बढी जोखिम मानिने बस्ती जोगाउन तटबन्ध निर्माणपछि यहाँका बस्तीका स्थानीयवासीको राति सुत्ने सपना पूरा भएको छ । झण्डै एक किलोमिटर क्षेत्रसम्म तटबन्ध निर्माणपछि यहाँको बस्ती मात्र नभई पूरै गोकुलेश्वर बजार सुरक्षित भएको छ ।
गोकुलेश्वरमा तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम कम भएको छ । चमेलिया नदीले हरेक वर्ष कटान गर्दै आएको गोकुलेश्वर बजार र बस्ती तटबन्ध निर्माणपछि जोगिएको हो । हरेक वर्ष नदीले जमीन कटान गर्दै लगेको थियो । नगरपालिका कार्यालयको तलदेखि चमेलिया पुलसम्म तटबन्ध निर्माण गरिएको छ । आरसीसी र ग्याबियन जालीसहितको तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम घटेको चमेलिया तटबन्ध निर्माण समितिका अध्यक्ष सुरेश भण्डारीले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेर तटबन्ध निर्माण गरेको हो । दुई उपभोक्ता समितिमार्फत तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणपछि गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर अस्पताल र बादी बस्ती यो वर्ष नदीको जोखिमबाट बचाउन सकिएको अध्यक्ष भण्डारीको भनाइ छ । आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत चमेलिया किनारमा तटबन्ध लगाइएको हो । 'तटबन्ध निर्माणपछि चमेलियाका नदी घरभित्र छिर्न पाएन,' स्थानीय कुमा बादीले भनिन्, 'विगतमा चमेलियाको पानी बर्खायाममा घरभित्र पस्थ्यो, यो वर्षदेखि ढुक्क भएर निदाउन पाइएको छ चमेलिया किनारमा आश्रित हामीहरुको लागि तटबन्ध निर्माणपछि राहत मिलेको छ ।'
हिउँदमा चमेलिया नदीको सतह घटे पनि बर्खायाममा उर्लेर आउँछ । पूरै बजार क्षेत्रसम्मै नदीको जोखिम हुने गरेको थियो । अहिले आधा भू–भागसम्म मात्रै तटबन्ध निर्माण गरिएको छ । पूरै तटबन्ध आरसीसी वाल निर्माण गरेर बनाए अझै गोकुलेश्वर बजार जोगाउन सकिने स्थानीय व्यापारी तिलक साउदले बताए ।
चमेलिया नदीले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजार मात्र नभएर मकरीगाड, ओखल, लटिनाथ, शेरी, परपडा, लामबगड, चिउरानी, नलबगड, बिटुले, बारिलबवगड, बलाच, दहखाली, छोला, मकन्ना, देथला, कुकुडेपानी, लुइटा, ओसल, नाइल, गाजरी, कड्पते, गोकुलेश्वर, जगतपुरी र बसकोट बस्तीलाई समेत वर्षेनी जोखिममा पार्दै गइरहेको छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...