नाइन इलेभेनकै छेको पारेर काबुलस्थित अमेरिकी दूतावास नजिक बम विस्फोट

भदौ २५, २०७६

काठमाडौं – अमेरिकाको न्युयोर्कस्थित वर्ल्ड ट््रेड सेन्टरमा सन् २०११ को सेप्टेम्बर ११ मा भएको आक्रमणको १८औं वार्षिकीको छेको पारेर काबुलमा बुधवार बिहानै अमेरिकी दूतावास नजिक विस्फोट गरिएको छ । 

कुनै पनि संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन । प्रत्यक्षदर्शीहरूका अनुसार, विस्फोटपछि धूवाँ उडेको देखिएको थियो । शिन्ह्वाले लेखेअनुसार, रकेट विस्फोट गरिएको हो । 


ADVERTISEMENT

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबान नेताहरूसँग शान्तिवार्ता रद्द गर्ने निर्णय गरेपछि यो विस्फोट गरिएको हो । वार्ता आइतवार क्याम्प डेभिडमा हुनुपर्ने थियो । तर बिहीवार काबुलमा गरिएको बम विस्फोटमा एक अमेरिकी सैनिक सहित १२ जना मारिएपछि ट्रम्पले वार्ता रद्द गर्ने निर्णय लिए । 

अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको आक्रमणमा २९ सय ८३ मानिस मारिएका थिए । अफगानिस्तानमा लुकेर बसेका ओसामा बिन लादेनले यो आक्रमणको जिम्मेवारी लिएका थिए ।

एजेन्सी
 

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार