संसदीय समितिले भन्यो– चाडबाडमा उपभोग्य वस्तु सहज उपलब्ध हुने वातावरण बनाउनू

भदौ २५, २०७६

काठमाडौं – नेपालीहरूको ठूला चाडपर्क नजिकिँदै जाँदा उपभोग्य वस्तुहरू सर्वसुलभ उपलब्ध गराउन र कालोबजारी नियन्त्रण गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस्तो निर्देशन दिएको हो ।


ADVERTISEMENT

समितिले अनुगमन संयन्त्र प्रभावकारी बनाउन, खसीबोका, राँगाजस्ता मासुजन्य पशुपन्छीको सहज आपूर्तिको व्यवस्था मिलाउन, यात्रुहरूका लागि सार्वजनिक यातायातमा सहज आवतजावतको व्यवस्था मिलाउन तथा उपभोग्य वस्तुहरू विषादीरहित प्रयोग गर्ने अवस्था बनाउन पनि निर्देशन दिएको छ ।

हेर्नुहोस्, बुधवार बसेका बैठकका निर्णयहरू :

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस