चार देशका राजदूतले राष्ट्रपति भण्डारीसमक्ष पेश गरे ओहोदाको प्रमाणपत्र

भदौ २५, २०७६

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुस, फिलिपिन्स, पोर्चुगल र भेनेज्वेलाका गैरआवासीय राजदूतहरू क्रमशः आन्द्रेइ जेउस्की, रोमोन एस बगतासिं जेआर, कार्लोस पेरेरा मर्कुस र कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।


ADVERTISEMENT

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस