बंगालको खाडीबाट आएको हावाको प्रभाव : देशभर बदली, केही ठाउँमा वर्षा

भदौ २६, २०७६

काठमाडौं– विहिवार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने तथा केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ । महाशाखाको अनुसार, मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिकै रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली रहेको छ ।


ADVERTISEMENT

बंगालको खाडीबाट आएको जलवास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन हुने तथा चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

त्यस्तै, देशका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको मध्य तथा पश्चिमी भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार