प्रदेश सरकारको अनुदानमा गाउँपालिकामा एम्बुलेन्स सेवा

भदौ २६, २०७६

चितवन–चितवनको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । 

जिल्लाको विकट मानिएको यो गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन नहुदाँ बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन समस्या भएपछि एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको अनुदानमा रु १० लाख ४७ हजार ३५५ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए। 


ADVERTISEMENT

“गाउँपालिकाभित्र आवश्यकताअनुसार पर्याप्त एम्बुलेन्स नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन्”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसलाई मध्यनजर गर्दै हामीले एम्बुलेन्स खरीद गरेका हौँ ।” गाउँपालिकाभित्रका बिरामीलाई केही प्रतिशत छुट दिने बताइएको छ । 

यसैबीच यहाँको राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले भएका एम्बुलेन्सबाट मात्र सेवा प्रवाह गर्न कठिनाइ भएका छन् । इच्छाकामना गाउँपालिकाभित्र पर्ने मौवाखोलादेखि रिग्दिखोलासम्म ३५ किलोमिटर केन्द्रीय राजधानी छिर्ने मुख्य राजमार्ग पर्ने र त्यहाँ दुर्घटना बढी हुने गरेको छ । 

इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका अनुसार राजमार्गमा दुर्घटना परिहालेमा कि बिरामी पुर्‍याएर फर्किएको एम्बुलेन्स वा भाडामा स्थानीय सवारी साधन खोजेर तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्था रहँदै आएको छ । गाउँपालिकामा एम्बुलेन्स नहुदाँ स्कारपियो र टाटा सुमोले बिरामी बोक्दै आएका छन् ।

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार