×

NMB BANK
NIC ASIA

माटोको भाँडा बनाउने पेशा सङ्कटमा

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

खोटाङ– कुमाल समुदायको पुर्ख्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ । 

Muktinath Bank

पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको पुर्ख्यौली पेशा सङ्कटमा परेकोे हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको एक मात्र ठाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बन्ने माटोको भाँडाहरु पहिलेको तुलनामा कम बिक्री हुने गरेको यो पेशा अपनाउँदै आएका कुमाल समुदायले बताएका छन् । खाल्लेका कुमाल समुदायले विसं २०२० देखि माटोको भाँडा बनाउने पेशालाई निरन्तरता दिँदै आएको बताइएको छ ।
 
स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइने माटोको भाडा पहिलेको तुलनामा अहिले निकै कम बिक्री हुने गरेको व्यवसायी ललितबहादुर श्रेष्ठले बताए। “अहिले सिल्भर, स्टिल, प्लाष्टिकजन्य सामग्रीलगायतले बजार भरिभराउ भएको छ”, उनले भने, “हामीले बनाएको माटोको भाडा बिक्री हुन छाडेपछि चार वटा चक्र (माटोको भाँडा बनाउने मेसिन)मध्ये दुई वटा मात्रै चलाउने गरेको छु ।”


Advertisment
Nabil box
Kumari

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिक रहेको खाल्लेमा कुनै वेला सिङ्गै गाउँ नै माटोको भाँडा बनाउने पेशामा आवद्ध बनेका थिए । ललितबहादुरसँगै त्यस गाउँका दुर्गाबहादुर श्रेष्ठ, पुनबहादुर श्रेष्ठ, कर्णबहादुर श्रेष्ठलगायतले बनाएका माटोको विभिन्न प्रकारका भाँडा दिक्तेलबजारमा हप्ताको दुईपटक लाग्ने शनिबारे र बुधबारे हटियामा बिक्री गर्न ल्याउने गरिएको छ ।
 
घरबाट डोकोमा बोकेर ल्याइने भाँडा बजारमा बिक्री नभएपछि पुनः घरमै फर्काएर लानुपर्ने तथा कोठा भाडामा लिएर राख्नुपर्ने बाध्यता रहेको अर्का व्यवसायी रोमन श्रेष्ठले बताए। “उसबेला जिल्लामा माटोको भाँडाले राम्रो बजार पाएको थियो”, उनले भने, “अहिले आधुनिक सामग्रीले बजार भरिभराउ हुनुका साथै कम मूल्यमा पाउन थालेपछि हामीले बनाउने माटोको भाँडाको बजार ह्वात्तै घटेको छ ।”

Vianet communication
Laxmi Bank

थोरै समयमा बनाउन सकिने तथा वातावरणीय प्रभावको हिसाबले समेत असर नगर्ने माटोको भाडा बिक्री हुन छाडेपछि पछिल्लो समय कुमाल समुदायमा निराशा छाएको छ । उनीहरुले सोही ठाउँको माटो मुछेर रक्सी पार्न प्रयोग गरिने फुङ्गा, पैँनी, मकै भुट्न प्रयोग गरिने हाँडी (खपेटा), पैसा राख्न प्रयोग गरिने खुत्रुके, पानी राख्न प्रयोग गरिने घैला, गाग्रो, मटिया, फूल रोप्न प्रयोग गरिने गमला, दीपावली गर्न प्रयोग गरिने दियो, ढकनी, धुपाउरौलगायतका घरायसी सामग्री बनाउने गरेका छन् । 

पहिले एकै दिनमा एक जनाले बनाएको सामग्री नै रु पाँच/छ हजारको बिक्री हुने गरेकामा अहिले दिनमा रु तीन हजारको पनि बिक्री नहुने कुमाल समुदायले बताएका छन् । लामो समयदेखि आफ्नो पुख्र्यौली पेशालाई आफ्नै लगानीमा बचाउँदै आए पनि सङ्कटमा पर्दासमेत कसैको चासो नगएको उनीहरुले आरोप लगाएका छन् ।
 
खाल्लेमा निर्माण गरिने माटोको विभिन्न प्रकारका भाँडा जिल्लाका विभिन्न क्षेत्रमा लाग्ने हटिया तथा गाउँमा निर्यात हुने गरेको थियो । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तहमा सडक सञ्जाल जोडिएसँगै आयातित सामग्री भित्रिएपछि माटोको भाँडा निर्यात हुन छाडेको छ ।
 
शुरु–शुरुमा प्रत्येक घर कुमाल समुदायले अपनाउँदै आएको माटोको भाँडा बनाउने पेशा अहिले केही व्यक्तिले मात्र निरन्तरता दिएका छन् । कुमाल समुदायले उत्पादन गर्ने सामग्री गाउँमा नपुग्दा मृत्यु कार्यमा प्रयोग गरिने हाँडी (बुछालु) पाउन छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता हर्कराज राईले बताए।
 
माटोको भाँडामा राखेको दही, मही, घ्यू लामो समयसम्म नबिग्रने, माटोको भाँडामा दाल तथा मासु पकाउँदा छिटो पाक्ने, मकै भुटेर खाँदा मिठो हुने, पानी चिस्साएर राख्न उपयोगी हुने गरेको जनाइएको छ । माटोको भाँडा प्रयोग गर्नु स्वास्थ्यका लागि उपयुक्त हुनुका साथै विभिन्न संस्कार÷संस्कृतिमा नभई नहुने हुन्छ । केदार मगर,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x