प्रतिपक्षको प्रश्न– डेंगुको महामारी फैलिदा सरकार कहाँ छ ?

भदौ २६, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण देशभरी फैलिदा सरकार गम्भीर नभएको आरोप लगाएको छ ।  बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी उमा रेग्मीले डेंगुविरुद्धको खोप किन नबनेको भन्दै प्रश्न गरिन् ।

‘डेंगुले जनताको ज्यान गइरहेको छ, महामारीको रुप लिइरहेको छ । यसका लागि ठोस पहल गरेको छैन  यसप्रति सरकार गम्भीर भएको छैन । किन सरकारले डेंगोविरुद्धको खोपको व्यबस्था नगरेको ?’ उनले प्रश्न गरिन् ।


ADVERTISEMENT

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस