कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भदौ २६, २०७६
काठमाडौं– देशभर फैलिएको डेंगु नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै सत्तारुढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेका छन् । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शून्य समयमा बोल्दै नेकपाका कृष्णगोपाल श्रेष्ठले डेंगुको बारेमा सरकार नबोल्दा अमेरिकाले बोल्नुपर्ने अबस्था आउनु लाजमर्दो भएको भन्दै टिप्पणी गरे ।
‘डेंगुबारे नेपालले बोल्दैन, अमेरिका बोल्दिनु पर्छ, नेपालमा नजाउ भनेर भन्छ, यो भन्दा लाजमर्दो के हुन्छ ? मन्त्रीलाई डेंगु, डा सन्दुक रुइतलाई डेंगु, कति जना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो ?’ उनले प्रश्न गरे ।
श्रेष्ठले स्वास्थ्य मन्त्रीले संसदमा आएर अवस्थाको बारेमा आजै सदनलाई जानकारी गराउन सभामुखको रुलिङको माग गरे ।
सभामुख कृष्णबहादुर महराले यसबारे आफू बोल्ने बताए ।
नेकपाकै खगराज अधिकारीले डेंगुको महामारी भएको हो भने स्वास्थ्य संकटकाल लगाएर जनचेतना फैलाउन लाग्नुपर्ने बताए ।
कांग्रेसकी उमा रेग्मीले डेंगु नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाइन् । ‘डेंगुले जनताको ज्यान गइरहेको छ, महामारीको रुप लिइरहेको छ । यसका लागि ठोस पहल गरेको छैन यसकाप्रति सरकार गम्भीर भएको छैन । किन सरकारले डेंगोविरुद्धको खोपको व्यबस्था नगरेको ?’ उनले प्रश्न गरिन् ।
यसैबीच, सभामुख महराले डेंगुको महामारी सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ्ग गरेका छन् । ‘संसदमा नियमित बैठकमा डेंगुको महामारी सम्बन्धमा माननीय सदस्यहरुले कुरा उठाउनु भएको, म सरकार र स्वास्थ्यमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउन र यथाशीघ्र जानकारी गराउन निवेदन गर्दछु,’ उनले भने ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...