भायनेटको 'दशै तिहार टिभिको उपहार' योजना सार्वजनिक

भदौ २६, २०७६

काठमाडौं–भायनेट कम्युनिकेसन्स्ले “भायनेट दशै तिहार टिभिको उपहार” योजना सार्वजनिक गरेको छ । विहिवार सार्वजनिक भएको यस  अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभि को साथै स्काइवर्थको ३२ र ४० इन्च टिभि भारी छुटमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  

इन्टरनेट र टि.भि.का ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको स्काइवर्थ एलईडी टिभि घरमै लैजान सक्नेसमेत उसले बताएको छ ।


ADVERTISEMENT

वार्षिक रु २५ हजार ९ सय ९० प्लस भ्याटको मुल्यमा ग्राहकहरुले ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभिसँगै स्काइवर्थको ३२ इन्च टि.भि घरमै लैजान सकिनेछ । ग्राहकहरुको सुविधा र ईच्छालाई मध्यनजर गर्दै कम्पनीले स्काइवर्थको ४० इन्च टिभि र इन्टरनेटको कम्बो प्याक ल्याएको छ । 

यस्तै, वार्षिक रु ३४ हजार ५ सय ४५ प्लस भ्याटको मुल्यमा ग्राहकहरुले ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभिसँगै स्काइवर्थको ४० इन्च टि.भि घरमै लैजान सकिनेछ । यसका साथै प्रथम २०० जना ग्राहकहरुले थप रु १ हजार ४ सय ७५ छुट पाईने कम्पनीले जनाएको छ ।  
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार