'को बन्छ करोडपति'का करोड विजेता राजीवले पाए चेक, भने- पहिला नेपाल घुम्छु

भदौ २६, २०७६

काठमाडौं- 'को बन्छ करोडपति' टीमले एक करोड विजेता राजीव जैनलाई चेक हस्तान्तरण गरेको छ । 

बिहीवार कुपण्डोलस्थित होटल हिमालयमा आयोजित एक कार्यक्रममा उनलाई अभिनेता राजेश हमाल तथा सिभिल बैंकका सीईओ गोविन्द गुरुङले चेक हस्तारन्तरण गरेका हुन् । 


ADVERTISEMENT

कार्यक्रममा बोल्दै 'को बन्छ करोडपति'का सञ्चालक तथा अभिनेता राजेश हमालले शुरूका दिनमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम कस्तो हुने हो भन्ने शंका लागेको बताए । उनले भने, 'शो ले यत्तिको लोकप्रियता पाउँछ भन्नेमा डाउट लागेको थियो ।' 

हमालले अर्को एपिसोडमा आफूहरू अझै परिस्कृत भएर आउने बताए । 

त्यस्तै एक करोड विजेता राजीव जैनले बाहिरबाट देख्दा र हट सिटमा बसेर प्रश्नहरू फेस गर्दाको फरक अनुभव हुने उनले बताए । 

प्रश्नको उत्तर मिलाएबापत पाइने पैसा बढ्दै जाँदा रिक्स पनि बढ्दै गएको अनुभव सुनाउँदै उनले भने, 'सबै प्रश्नहरू एटेम्प गर्छु भन्ने लागेको थियो । त्यतिबेला कन्फिडेन्ट भएपनि ठूलो रिक्स लिएर उत्तर दिएको हुँ ।'

उनले हट सिटमा बस्दा यदि आफूले एक करोड जितेमा वर्ल्ड टूर जाने बताएका थिए । तर उनले आज कार्यक्रममा भने, 'विश्वभन्दा पनि म पहिला नेपाल घुम्छु । नेपालका धेरै सुन्दर ठाउँहरू घुम्न बाँकी छ । पर्यटन प्रवर्द्धनका लागि पनि पहिला विदेशभन्दा नेपाल घुम्नुपर्छ ।'

तस्वीर : अच्युत तिवारीको फेसबूक वालबाट 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार