विमानमा आगो लागेपछि आत्तिएका यात्रुहरूले लेखे ‘अन्तिम सन्देश’ (भिडियो)

भदौ २६, २०७६

काठमाडौं – पश्चिमी क्यानडामा एउटा जेट विमानमा आगो लाग्दा आत्तिएका यात्रुहरूले आफ्ना प्रियजनलाई ‘अन्तिम सन्देश’ लेखेका छन् । 

इन्जिनमा आगो लागेपछि तडतड आवाज सुनिएको थियो अनि क्याबिनमा हाँस डढेको जस्तो गन्ध फैलिएको थियो । मंगलवार बिहान एब्बोटस्फोर्डबाट उडान भर्न लाग्दा यो घटना भएको थियो । चराको एक हुल टर्बाइनमा पसेपछि इन्जिनमा आगो लाग्यो अनि विमान भुइँमा खस्ने खतरा बढ्यो ।


ADVERTISEMENT

यात्रुहरू डराएर चिच्याउन थाले अनि प्रियजनहरूलाई सन्देश पठाउन थाले । 

डोन्ना ली रेनर नामक यात्रुले लेखिन्, ‘विमान उड्न लाग्दा चर्को आवाजमा थड थड थड गर्‍यो । क्याबिनमा धूवाँ भरियो अनि डढेको जस्तो गन्ध आयो । दुर्घटनापछि फोन रिकभर भइहाल्छ कि भनी फोनमा मैले अन्तिम सन्देश टाइप गर्न थालें । एउटा इन्जिनले हाँसहरू तानेछ अनि तिनीहरू डढेको गन्ध आयो । हामीहरू एब्बोटस्फोडए फर्किंदैछौं ।’

फादल अबु–गानेमले सीटीभीलाई बताए, ‘निकै तर्साउने परिस्थिति थियो, यसको अपेक्षा गर्नै सकिँदैनथियो । मैले आमालाई एसएमएस पठाउन थालें– विमानमा केही गडबडी छ । आई लभ यू ।’

विमानका १७६ यात्रुहरू अर्को दिनसम्मका लागि रोकिए तर कसैलाई कुनै पनि चोटपटक नलागेको सीटीभीले जनायो ।

एजेन्सी
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार