एनआईसी एशिया बैंककोे ३ वटा नयाँ शाखा विराटनगरमा उद्घाटन

भदौ २६, २०७६

काठमाडौं – ग्रामीण तथा दुर्गम स्थान साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको ३ नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएका छन् ।

मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे ।


ADVERTISEMENT

विराटनगर हाटखोलास्थित हाटखोला शाखाको उद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरे । यी शाखा विस्तारसँगै बैंकका ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २९८ शाखा कार्यालय, ३५४ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस