सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको रेमिट्लीबीच रेमिटान्स सम्झौता

भदौ २६, २०७६

काठमाडौं – अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ ।

अमेरिका, युरोप, क्यानडामा रहेका नेपालीले अब रेमिट्लीको मोबाइल एप्लिकेसन डाउनलोड गरी सजिलै आफ्ना आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आवद्घ ७ हजारभन्दा बढी एजेन्ट्बाट सजिलै भुक्तानी लिन सकिने वा कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ । 


ADVERTISEMENT

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्ट्बाट ७ हजारभन्दा बढी नेपालका एजेन्ट्मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस