×

NMB BANK
NIC ASIA

सिमेन्टको गुणस्तरमा थप वृद्धिः गुणस्तर तथा नापतौल विभाग

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड संशोधन पछि सिमेन्टको गुणस्तर थप वृद्धि हुने जनाएको छ । 

Muktinath Bank

विगतमा ३३ ग्रेडको मात्र गुणस्तर रहेकोमा हाल ४३ र ५३ ग्रेड जस्तो उच्च गुणस्तर समेत मापदण्डमा समावेश भएकाले सिमेन्टको गुणस्तरमा अझ वृद्धि हुने विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिमेन्टको गुणस्तरको विषयमा भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जारी गरेको विज्ञप्तिमा त्यसप्रति कुनै सत्यता नरहेको दाबी गरिएको छ । 


Advertisment
Nabil box
Kumari

‘नेपालमा सञ्चालित सिमेन्ट उत्पादन प्रविधि भारतमा भन्दा कम नरहेको तथा नेपाली उद्योगहरु पछिल्लो दशकमा निर्माण गरिएकाले अधिकांशको प्रविधि राम्रो रहेको हुँदा भारतीय गुणस्तरमा भन्दा म्याग्नेसियमको मान नेपाल गुणस्तरमा कम हुँदा संरचना कमजोर हुने भनिनु गलत हो’ विज्ञप्तिमा भनिएको छ । 

Vianet communication
Laxmi Bank

विभागले भारतीय गुणस्तरमा आईआरको मान २ प्रतिशत रहेको अवस्थामा नेपाल गुणस्तर निर्धारण गर्दा २ प्रतिशत कायम रहेको देखिने भन्दै हाल संशोधन पश्चात भारतीय गुणस्तरमा आईआरको मान ५ प्रतिशत रहेको र नेपाल गुणस्तर ४९ः२०७६ मा ३३ ग्रेडको हकमा ४ प्रतिशत र ४३ तथा ५३ ग्रेटको हकमा ३ प्रतिशत अघुलनशील पदार्थको मान कायम गरिएको प्रष्ट पारेको छ । 

ओपीसी सिमेन्टमा क्लिंकर एवम् जीप्पसम बाहक कुनै पनि गैरकच्चा पदार्थ बिगतमा पनि प्रयोग गर्ने छुट नभएको र हाल पनि नभएको विगागले जनाएको छ । 

भारतीय गुणस्तरमा अघुलनशील पदार्थको मान ५ प्रतिशत रहँदा संरचना कमजोर नहुने तर नेपाल गुणस्तर ४ प्रतिशत र ३ प्रतिशत हुँदा संरचना कमजोर हुन्छ भन्नु निहित स्वार्थ बाहेक अरु केही नभएको विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

‘विज्ञप्तिमा भनिएको छ, ‘यसअघि नेपाल गुणस्तर ४९ मा म्याग्नेसियमको मान ५ प्रतिशत रहेकोमा ३३ ग्रेडको हकमा ६ प्रतिशत र ४५ तथा ५३ ग्रेडको हकमा ५ प्रतिशत नै कायम गरिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x