मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
प्राय व्यक्तिले यो सोच्छन् कि फलफूल खाने कुनै खास समय हुँदैन, जतिबेला खाएपनि हुन्छ । यदि तपाईपनि यस्तो सोच्नुहुन्छ भने अब त्यस्तो सोचाई त्यागिदिनुहोस् ।
फलफूल खाने पनि सही र गलत समय हुन्छ । सही समयमा खाँदा मात्रै फलफूलले शरीरमा फाइदा पुर्याउँछ ।
कतिपय व्यक्तिको बानी हुन्छ खानासँगै या खाना खाएलगत्तै फलफूल पनि खाने । तर यस्तो बानी स्वास्थ्यका लागि एकदमै नराम्रो हो । खाना खानुभन्दा आधा घण्टा अगाडि अथवा खाना खाइसकेको आधा घण्टा पछि मात्रै फलफूल खानुहोस् । अन्यथा तपाईलाई पाचन तथा एसिडिटी सम्बन्धी समस्या हुन सक्छ ।
विहानको समयमा फलफूलसको सेवन स्वास्थ्य तथा शरीरका लागि सबैभन्दा बढी फाइदाजनक हुन्छ । तर केही फल यस्ता पनि छन्, जसलाई विहान खाली पेट खानु हानिकारक हुन्छ । अमिला फलहरु जस्तै सुन्तला, मौसमी खालीपेट खाँदा एसिडिटी बढ्न सक्छ ।
यदि तपाई पनि त्यस्तो व्यक्ति हुनुहुन्छ, जो स्वाद बढाउन तथा हेल्दी हुने विश्वासले फललाई दुध तथा दहीसँग खान्छन् । यदि यस्तो गर्नुहुन्छ भने तुरुन्तै यो बानी त्याग्नुहोस् । दुध तथा दहीसँग फलफूल खाँदा स्वास्थ्य सम्बन्धी अनेक समस्या देखा पर्छन् ।
केही फल मिर्गौला, पथ्थरीजस्ता रोगबाट पीडित बिरामीका लागि हानिकारक हुन्छन् । यसकारण चिकित्सकसँग सल्लाह गरेर मात्रै त्यस्ता व्यक्तिलाई फलफूल खुवाउनुहोस् । यदि खरभुजा खाँदै हुनुहुन्छ भने राम्रो हुन्छ कि यसको साथमा अरु फलफूल नखानुहोस् ।
फलफूलको चयन पनि आफ्नो शरीरको अवस्था अनुसार गर्नुहोस् । यदि तपाईलाई चिसो महशुष भइरहेको छ भने केरा, सुन्तला, मौसमी जस्ता फल धेरै नखानुहोस् । तपाईलाई गर्मी भइरहेको छ भने मेवा, आँप जस्ता फलफूलको सेवन कमै गर्नुहोस् ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...