मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
भदौ २९, २०७६
काठमाडौ– बाँकेको खजुरामा भदौ २६ गते भएको जनजागरण कार्यक्रममा नेकपा कार्यकर्ताले नेपाली कांग्रेसकी जिल्ला सभापति किरण कोइराला लगायतमाथि भएको आक्रमणको घटना सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतवारको बैठक अवरुद्ध गरेको छ ।
बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले बाँके घटनामा गृहमन्त्रीको जवाफ माग गरेका थिए । प्रतिपक्षी दलको मागपछि सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले जवाफ दिँदै घटनालाई गम्भीर रूपले लिएको, तीन जना पक्राउ परेको र दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाए ।
गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उनीसँग प्रतिपश्न गरेका थिए । सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले बाँके घटनामा कांग्रेसको कार्यकममा आक्रमण गर्ने नेकपाको नियत नरहेको स्पष्ट गरे ।
गृहमन्त्रीले जवाफ दिइसकेपछि कांग्रेस सांसदहरू उठेर विरोध जनाएका थिए । गृहमन्त्रीको जवाफपछि सचेतक पुष्पा भुसालले कांग्रेसमाथिको हिंसक आक्रमणलाई सामान्य घटना भनेर सामान्यकीकरण गरेको भन्दै आपत्ति जनाइन् । ‘प्रतिपक्षी दलको कार्यक्रम थाहा छैन भन्नु गृह प्रशासनको नियत के हो ?’ उनले प्रश्न गरिन् ।
कांग्रेस सांसदको विरोधपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...