७० करोड पर्ने सुनको ट्वाइलेट चोरी (भिडियो)

असोज ३, २०७६

काठमाडौं – बेलायतको ब्लेनहाइम दरबारमा राखिएको १८ क्यारेट सुनको ट्वाइलेट शनिवार चोरी भएको छ । उक्त ट्वाइलेटको मूल्य ७० करोड रुपैयाँ छ ।

दुई दिनअघि मात्र उक्त सुनौलो कमोड प्रदर्शनीमा राखिएको थियो र यसलाई विवादास्पद इटालेली कलाकार माउरिजियो कात्तेलानले बनाएका हुन् । 


ADVERTISEMENT

अक्सफोर्डशायर दरबारमा नयाँ प्रदर्शनीका लागि यो ट्वाइलेट राखिएको थियो । 

ब्लेनहाइम दरबारमा ट्वाइलेट हेर्न जानेहरूले त्यसको उपयोग गर्न पाउँछन् तर तीन मिनटभन्दा बढी बिताउन पाइँदैन । 

टेम्स भ्याली प्रहरीले ट्वाइलेट चोरी भएको पुष्टि गरे अनि ६६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको छ र हिरासतमा राखिएको छ । 

एजेन्सी

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस