हिन्दू धर्मको योगदानका रूपमा रहेको शून्य अत्यन्तै पुरानो

असोज ३, २०७६

अंकप्रणाली तथा गणितमा शून्य हिन्दू धर्मको योगदान हो । हालै गरिएको कार्बन डेटिङबाट शून्यको उपस्थिति हामीले थाहा पाएभन्दा पनि धेरै पुरानो भएको पत्ता लागेको छ ।

यो जानकारी एक प्राचीन भारतवर्षीय पाण्डुलिपिमा भेटिएको प्रमाणबाट पुष्टि हुन्छ ।


ADVERTISEMENT

सन् १९०२ देखि बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा राखिएको बखशाली पाण्डुलिपि तेस्रोदेखि चौथो शताब्दीको भएको मानिएको छ ।

इतिहासकारहरूसँग यस पाण्डुलिपिका बारेमा भएको जानकारीभन्दा सयौं वर्ष पुरानो यो पाण्डुलिपि भएको बताइएको छ ।

यो पाण्डुलिपि पाकिस्तानको पेशावरमा सन् १८८१ मा पत्ता लागेको थियो । पछि यसलाई अक्सफोर्डको बडलियन पुस्तकालयमा संग्रहित गरिएको थियो ।

बडलियनका रिचर्ड ओभेन्डनका अनुसार यो नयाँ जानकारी गणितको इतिहासका लागि अत्यन्तै महत्त्वपूर्ण छ ।

प्राचीन भारतमा गणितमा प्रयोग हुने विन्दु शून्य चिह्नका रूपमा विकसित भयो र यसलाई बखशाली पाण्डुलिपिमा देख्न सकिन्छ ।

बडलियन पुस्तकालयका अनुसार यसअघि पाण्डुलिपि कुन समयको हो बताउन अनुसन्धाकर्ताहरूका लागि मुश्किल थियो किनकि यिनीहरू ७० भोजपत्रबाट बनेका हुन् । यिनमा तीन फरक समयका सामग्रीका प्रमाण भेटिएका छन् ।

एजेन्सी 

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस