मन्त्री भट्टराईमाथि हुलहुज्जत गर्ने ज्ञानेन्द्र शाही रिहा

तस्वीर - अविश अधिकारीको ट्वीटरबाट
भदौ ३०, २०७६

काठमाडौँ - आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाही रिहा भएका छन् ।  

आइतवार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेको समयमा हात हालाहाल भएपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT

शनिवार नेपालगंज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमाथि हुलहुज्जत गरेको भन्दै शाहीमाथि नेकपाका युवा कार्यकर्ताले आइतवार आक्रमण प्रयास गरेका थिए ।

ललितपुर प्रहरी परिसरका एसएसपी टेकबहादुर राईले आगामी दिनमा यस्ता हुलहुज्जत नगर्ने शर्तमा सम्झाइ बुझाइ छाडिएको लोकान्तरलाई जानकारी दिए ।

रिहा भएपछि शाहीले पत्रकार सम्मेलन गरेका छन् ।

 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस