क्यानको निर्वाचन असोज १० र ११ गते हुने

भदौ ३०, २०७६

काठमाडौं–नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन असोज १० र ११ गते हुने भएको हो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटिका प्रतिनिधि सहितको बैठकले निर्वाचनको मिति तय गरेको हो ।

केन्द्रिय निर्वाचनमा प्रक्रियागत समस्या देखिएपछि विवाद समाधानका लागि आईसीसीका प्रतिनिधि छलफल गर्न आईतबार नेपाल आएका थिए ।


ADVERTISEMENT

आईसीसीका ईमरान ख्वाजा र अमर शेख सहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग छलफल गरेका थिए ।

सोही अनुसार बैठकले क्यानको केन्द्रिय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादीत तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ ।

निर्वाचनपछि नेपाल क्रिकेट संघको निलम्बन फुकुवाको बाटो खुल्ने भएको छ ।

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस