माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
भदौ ३०, २०७६
भारतवर्षमा आर्य भनिने जाति बाहिरबाट आएर यहाँ बसेका हुन् कि पहिलेदेखि नै यहीँका आदिवासी हुन् भन्ने विषयमा लामो समयदेखि विवाद चलिरहेको छ ।
भारतवर्षमा प्राचीनकालमा सिन्धु उपत्यका सभ्यताको अस्तित्व थियो र बाहिरबाट (विशेषगरी मध्य एसियाबाट) आएका आर्यहरूले उक्त सभ्यतालाई अन्त्य गरेर आफ्नो सभ्यता यहाँ भित्र्याएका हुन् भन्ने मतलाई बेलायती साम्राज्यवादी इतिहासकारहरूले पुष्टि गर्न निकै जोड दिए । भारतीय सभ्यता गोरा छाला भएका विदेशीहरूको देन हो र त्यो सभ्यताबाट भारतीयहरू टाढिँदै गएकाले उनीहरूलाई पुनः सभ्य बनाउन गोरा छाला भएका बेलायतीहरू भारतवर्षमा शासन चलाउन आएका हुन् भनी उपनिवेशलाई जायज ठहर्याउन यस्तो तर्क अघि सारिएको थियो ।
तर आर्यहरू बाहिरबाट आएर यहाँ सभ्यता निर्माण गरेको विषयमा कुनै प्रमाण फेला पर्दैन । प्रमाण फेला नपरेपछि साम्राज्यवादी इतिहासकारहरूले त्यसरी आएका आर्यले आफ्नो आगमनलाई कालान्तरमा पूरै बिर्सेको भन्ने किसिमको तर्क दिएका थिए । यस तर्कमा कुनै दम थिएन ।
सञ्जीव सन्यालको पुस्तक ‘दी ओसन अफ चर्न : हाउ दी इन्डियन ओसन शेप्ड ह्युमन हिस्ट्री’ मा साम्राज्यवादीहरूले अफ्रिकाको दक्षिणी भागमा फेला पारेका विशाल दरबारको भग्नावशेष देखेर पनि अफ्रिकीहरू यस्तो संरचना बनाउनै सक्दैनन्, त्यसैले बाहिरबाट गोराहरू आएर यसलाई बनाइदिएको हुनुपर्छ भन्ने किसिमका श्वेत सर्वोच्चतावादी तर्क पनि प्रस्तुत गरेको कुरा लेखेका छन् । त्यस्तै किसिमको तर्क बेलायती उपनिवेशवादीहरूले भारतवर्षका सम्बन्धमा गरेको देखिन्छ । त्यसैले उपनिवेशवादी इतिहासकारहरूको कुरा पत्याएर भारतवर्षमा आर्य आगमन सिद्धान्तलाई पत्याउन सकिँदैन किनकि पुरातात्त्विक प्रमाण यसमा भेटिँदैन ।
अर्काथरी मानिस भने सिन्धु उपत्यका सभ्यता अथवा हडप्पा सभ्यतालाई नै वैदिन सभ्यता मान्छन् र आर्यहरू भारतका आदिवासी हुन् भन्छन् । भारोपेली भाषाहरू भारतीय भूमिबाट बाहिरतिर गएको उनीहरूको मान्यता छ । उनीहरू विभिन्न पुराण, महाभारत र रामायणमा उल्लेखित राजाका वंशावलीलाई यसको आधार बनाउँछन् । यसलाई पुष्टि गर्ने पुरातात्त्विक आधारहरू भने भेटिएका छैनन् ।
हालैका वर्षमा गरिएका पुरातात्त्विक उत्खननहरूले भने भारतवर्षमा बाहिरबाट आएर बसेका मानिसको बसोबास पनि भएको अनि यहाँबाट बाहिर गएर पनि मानिसहरू बसेको तथ्य उजागर गरेको छ । पश्चिमतर्फबाट मात्र नभई दक्षिणपूर्वी एसियाबाट पनि मानिसहरू आएर भारतवर्षमा बसोबास गर्न थालेको प्रमाण उत्खननबाट प्राप्त भएको छ । कृषियुगअघि भारतवर्षमा रहेका शिकारी समूहका मानिससँग पनि उनीहरूको समागम भयो ।
भारतको हरियाणामा रहेको सिन्धु उपत्यका सभ्यताको अवशेष पाइएको स्थान राखीगढीमा चार हजार वर्षभन्दा पुरानो एक महिलाको खप्परको सानो हाड फेला परेको छ । उक्त हाडलाई जेनेटिसिस्ट (आनुवंशिक अध्येता)हरूले मिहिन अध्ययन गर्दा आनुवंशिक आँकडा हासिल गर्न सफल भएका छन् । उक्त आँकडाबाट आएको निष्कर्षलाई सेल र साइन्स पत्रिकामा प्रकाशन गरिएको छ ।
आनुवंशिक अध्ययनहरूले भारतीय उपमहाद्वीपमा करीब चार हजार वर्षअघि नयाँ समूहका मानिस आएको संकेत दिएका छन् । ती अध्ययनका अनुसार, आधुनिक भारतवर्षीय व्यक्तिहरू दुई फरक पुर्ख्यौली समूहका वंशज हुन् । तीमध्ये एकलाई पुर्ख्यौली दक्षिण भारतीय भनियो र उनीहरू प्राचीन द्रविड भाषा बोल्थे । उक्त द्रविड भाषा भारतीय उपमहाद्वीपमा शताब्दियौंदेखि विद्यमान थियो ।
अनि अर्को समूह चाहिँ युरेसियन क्षेत्र अर्थात् मध्य एसियाको यामनाया क्षेत्रबाट भारतीय उपमहाद्वीपमा आइपुगेका थिए । उनीहरूलाई पुर्ख्यौली उत्तर भारतीय भनियो र उनीहरू चाहिँ प्राचीन भारोपेली भाषा बोल्थे । यस समूहका मानिस अघिल्लो समूहका भन्दा निकै पछि मात्र भारतीय उपमहाद्वीप आएका हुन् ।
भारतीय सभ्यता यिनै दुई समूहका मानिसको मिश्रणबाट बनेको मानिन्छ । सायन्समा प्रकाशित अध्ययनमा विगत आठ हजार वर्षमा यस क्षेत्रमा रहेका ५०० भन्दा बढी मानिसको जिनको अध्ययन गरेर उनीहरू कहाँबाट यता आएका हुन् भन्ने निष्कर्ष निकालिएको छ ।
तर सेलमा प्रकाशित अध्ययन निष्कर्षमा भने सिन्धु उपत्यका सभ्यताको एक मात्र व्यक्तिको हाडको जिनलाई विषय बनाइएको छ । पुरातत्त्वविद् वसन्त शिन्दे र उनको टोलीले राखीगढीबाट सन् २०१६ मा ती महिलाको अवशेष उत्खनन गरेका हुन् । ती महिला धनी परिवारकी हुन सक्ने संकेत पाइएको छ किनकि उनीसँगै गहनागुरिया पनि गाडिएको पाइयो । उनका सबै अवशेष त उपलब्ध भएनन् तर कानको सानो हाडबाट चाहिँ अध्ययन अघि बढाउन सहयोग पुग्यो ।
उक्त हाडको अध्ययनले ती युरेसियन क्षेत्रका मानिस पुर्ख्यौली पुष्टि भएन । यसको अर्थ हुन्छ, उक्त क्षेत्रबाट दक्षिण एसियामा मानिस आउन थालेको सिन्धु उपत्यका सभ्यताको पतनपछि मात्र हो ।
हाडमा दुई समूहको मिश्रण भने पाइयो । पहिलो समूह भनेको दक्षिणपूर्वी एसियाको शिकारी समूह हो अनि दोस्रो समूह भनेको इरानसँग जोडिने पुर्ख्यौली हो । सिन्धु उपत्यका सभ्यताका मानिसमा रहेको प्राचीन इरानी पुर्ख्यौली १२ हजार वर्षको मानिन्छ ।
यो विश्लेषण जम्मा एउटा हाडमा आधारित भए पनि यसले सिन्धु उपत्यका सभ्यतामा अनेक किसिमका मानिसको बसोबास रहेको र उनीहरूको रगत मिसिएको देखाउँछ । बाहिरबाट मानिसहरू यहाँ आएर बसेको यसले पुष्टि गर्छ तर २२ सयदेखि २७ सय वर्षअघिका मानिसको अवशेष हालको इरान र तुर्कमेनिस्तानमा पाइएकोमा तिनीहरूको आनुवंशिक इतिहास हेर्दा तिनीहरू सिन्धु उपत्यका सभ्यताबाट उता गएको देखिन्छ । पुरातात्त्विक प्रमाणले सिन्धु उपत्यकाका मानिस इरान र तुर्कमेनिस्तान गएको देखाउँछ । तीमध्ये ११ अवशेष हेर्दा उनीहरू सिन्धु उपत्यकाबाट बाहिर गएको देखिन्छ ।
सायन्स र सेलमा प्रकाशित अध्ययनका अनुसार, सिन्धु उपत्यकाको पतनपछि उक्त सभ्यताका केही मानिस दक्षिणपूर्वी शिकारी समूहसँग मिसिएको र पुर्ख्यौली दक्षिण भारतीय समूह बनेको हो । ती मानिसहरू प्राचीन द्रविड भाषा बोल्थे । अनि सिन्धु उपत्यकाका अन्य मानिस युरेसियन क्षेत्रबाट आएका आप्रवासीसँग मिसिए र पुर्ख्यौली उत्तर भारतीय बने । पछि यिनै दुई समूह मिसिए अनि भारतवर्षका विविधतापूर्ण जातजाति बन्न पुगे ।
यी दुई समूहको समागम चार हजार वर्षअघिदेखि तीन हजार वर्षअघिको बीचमा भएको अनुसन्धाताहरूको भनाइ छ । त्यही समयमा नै सिन्धु उपत्यका सभ्यता पतन हुँदै थियो । लगभग दुई हजारवर्षअघि चाहिँ यो मिश्रण हुन बन्द भयो र त्यसै समयदेखि नै शायद जाति व्यवस्था उत्पन्न भयो अनि आफ्नै जातमा बिहे गर्ने चलन चल्न थाल्यो ।
यस उत्खनन अध्ययनबाट आएको निष्कर्ष के हो भने शुद्ध जात भन्ने कुरा हुँदैन । वर्षौंदेखि विभिन्न समूह तथा क्षेत्रका मानिसबीच समागम भएर अहिलेका मानिसको पुर्खा बनेको हो । त्यसैले कुनै जात उच्च र कुनै जात नीच हुन्छ भन्ने अवधारणा नै मूर्खतापूर्ण ठहर्छ ।
यस अध्ययनले के पनि पुष्टि गरिदिएको छ भने भारतीय उपमहाद्वीपमा पाइने विविधतापूर्ण जातजातिका विषयमा समान्यीकरण गर्न मिल्दैन । अर्थात् भारतवर्षका मानिसको जातीय जरो एउटै थियो भन्न मिल्दैन । यसबाट पश्चिमी इतिहासकारहरूले भने जस्तो गोरा छाला भएका युरेसियन मूलका मानिसले आधुनिक भारतवर्षीय सभ्यता निर्माण गरेको भन्ने दाबी पनि झूटो ठहर्छ अनि आर्यहरू अविच्छिन्न परम्परा सहितका शुद्ध रगत भएका उच्चतम जाति हुन् भन्ने केही हिन्दू अतिवादीहरूको तर्क पनि काटिन्छ । खासमा आर्य नामको कुनै नश्ल वा प्रजाति छैन, जुनसुकै जातधर्मको पनि उच्चतम गुण बोकेको व्यक्तिलाई आर्य भन्न मिल्छ ।
नेपालीहरू पनि सिन्धु उपत्यका सभ्यतामा भएको जातीय मिश्रणबाट उत्पन्न मानिसहरूकै वंशज हुन् र झन् यहाँ त त्यसबाहेकका अन्यत्र मूल भएका मानिसको पनि बसोबास छ । त्यसैले जातीय विविधता नेपालीको रगतमा पनि बगेको छ । यस विविधतालाई अंगीकार गर्नुमा नै सबैको भलो हुन्छ ।
यो सामग्री तयार पार्न ओपन म्यागजिन र स्क्रोल डट् इनमा प्रकाशित आलेखको सहयोग लिइएको हो ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...