×

NMB BANK
NIC ASIA

पोर्चुगलको चोकचोकमा ‘रेशम फिरिरी...’

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

'रेशम फिरिरी, रेशम फिरिरी उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरी'

Muktinath Bank

झण्डै आधा शताब्दीअघि बुद्धि परियारको शब्द र लय सङ्कलनमा तयार पारिएको गीत नेपालीभन्दा विदेशी मनमा बढी चिरपरिचित छ । यो गीत परियारको व्यक्तिगत परिचय मात्र दिएन, परदेश र परदेशीहरुमा नेपाली गीतसङ्गीतको राष्ट्रिय परिचय नै बन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजभोलि यस गीतको धून र शब्दले युरोपेली मुलुक पोर्चुगलको सडक र चोकमा दिनहुँ स्थान पाएको छ । झापा धर्मपुर घर भई हाल पोर्चुगल बस्दै आएका दिलसाङ लामा लिस्बनको व्यस्त र सधैं पर्यटकको घुइँचो लाग्ने आन्जुस, मार्तिमुनिज, कास्काइस जस्ता ठाउँमा एकैसाथ घाँटीमा गितारको फिता, मुखमा बेन्जु बाजाबाट रेशम फिरिरीका साथै ‘यो नेपाली शिर उचाली’ लगायत नारायणगोपाल, प्रेमध्वज प्रधान, धर्मराज थापालगायत विभिन्न सष्टाका कालजयी गीत, धुन र शब्द पस्कने गर्छन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय भावनाले ओतप्रोत गीत उनको पहिलो प्राथमिकतामा छन् । झमक्क साँझ शुरु हुनै लाग्दा युरोपको एउटा अति व्यस्त शहरमा आफ्नो काम सकेर घर फर्किएका वा बासस्थान दौडमा रहेकाहरु एकछिन टक्क बाध्य बन्छन् ।

Vianet communication
Laxmi Bank

लामा आफ्नै सुरमा मन्त्रमुग्ध बनाउने गरी गितारको धून निकाल्नुहुन्छ र रेशम फिरिरी शुरु गर्छन् । जब मानिसहरु उनको कला र गलाको जादुले लठ्ठ पर्छन् अनि खुशी हुँदै प्रोत्साहनस्वरुप युरोमा सहयोग दिने गर्छन् र पोर्चुगिसमा भन्छन् ‘मुइतो बोउँ’ (धेरै राम्रो) ।

दैनिक दुईतीन घण्टा गीत र धून बजाउँदा करीब ५० युरो( नेपाली झण्डै रु छ हजार ) आम्दानी हुने गायक एवं सङ्गीतकार लामा बताउँछन् ।

'परिवारबाट टाढा हुँदा पनि आफूलाई बाँच्न र रम्न यही गीतसङ्गीतले सिकायो, जहाँ पुगे पनि यो छोड्न सकिएन,' उनले भने ।  

सन् २०१७ मा पोर्चुगल आएका लामाको अहिलेसम्म पोर्चुगलको अस्थायी बसोबास अनुमतिपत्रसमेत बनेको छैन । 'परिवारको सम्झना र अत्यासले निकै सताउने भएकाले गीत र सङ्गीत नै मन बुझाउने र एक्लोपन हटाउने औषधि जस्तै भएको छ,' उनले भने ।

विसं २०५२ देखि गीतसङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएका लामालाई सानो उमेरमा नै बुबाआमाको मुत्यु भएपछि पारिवारिक समस्याले आफ्नो गीतसङ्गीतको उद्देश्य पूरा नसकेको पीडा महसुस भइरहेको छ । गीतसङ्गीत क्षेत्रमा चर्चाको शिखरमा पुग्ने सपना देखेका उनी गीत रेकर्डिङ गरेर एल्बम निकाल्न लाग्ने झण्डै रु दुई लाख आफ्नो हैसियत नहुँदा त्यो सपना अहिलेसम्म अधुरै रहेको बताउँछन् ।

'डाक्टर पाइलट ब्याण्डका क्रान्ति आलेसंँग मिलेर साँस्कृतिक कार्यक्रम गर्दै समूहमा हिँडे पनि आर्थिक स्थिति निकै कमजोर भएकाले चुल्हो बाल्नको लागि बिदेशिनु पर्यो । केही पैसा कमाउने, सक्षम हुने र सङ्गीत क्षेत्रमा भविष्य बनाउने सुन्दर सपना बुनेर सन् २००७ मा कतार वैदेशिक रोजगार सिलसिलामा पुगेंँ, गीतसङ्गीतलाई भुल्न सक्ने अवस्था र मनमष्तिष्क थिएन, त्यसैले कामको फुर्सदमा समूह जम्मा गर्ने र गीत गाउने गरेँ,' उनले भने ।

गीतसङ्गीतमा नै लाग्ने सोचका साथ उनी सन् २०१० मा नेपाल फर्केका थिए । पारिवारिक समस्या ज्यूकात्यूँ थियो । परिवारको सहयोग र साथ पनि रहेन, उनी भारत गए । एक वर्षको बसाइपछि पुनः नेपाल फर्के र लगत्तै साउदी अरबमा वैदेशिक रोजगारका लागि पुगे ।

चार वर्षसम्म साउदीमा बिताएपछि फेरि फर्किएर पुरानै कर्ममा लागी गितार बोके । उनले फेरि युरोपको सपना देखे र सन् २०१७ मा पोर्चुगल आइपुगे । 'पोर्चुगल आउन रु छ लाख जति खर्च भयो, अहिले पोर्चुगलको अस्थायी बसोबास अनुमतिपत्रका लागि सङ्घर्ष गर्दैछु”, लामाले भने ।

उनी बिहान ११ बजेदेखि रेस्टुरेन्टमा काम गरी सकिएपछि थाकेको भए पनि गितार बोकेर आफ्नो गायन प्रस्तुत गर्न पुग्छन । उनका लागि सङ्गीत नशा बन्यो, ठूल्ठूला स्टेजमा स्थान पाइँदैन, त्यसैले सडकमा गीत गाएर मन प्रफुल्ल पार्ने गर्छन् ।

'म नेपाली गीत मात्रै गाउँछु, विदेशी कर्म भूमिमा पनि आफ्नो जन्मभूमि र मातृभाषाको जगेर्ना गर्न हरदम लागिपरेको छु,' लामा विश्वासका साथ भन्छन् ।

उनले आफ्नो गीत र सङ्गीतमा बढो चाख दिएर विदेशीले सुन्ने र नाच्ने गरेका बताउँछन् । अझ पोर्चुगलमा नेपालीलाई माया गर्ने मान्छे भनेर चिनिने र नेपाली समुदायका प्रिय पात्र भिक्टोर बाजे उनको नेपाली गीतमा छमछम नाच्दा उनको झन् बलियो आत्मविश्वास बढेको छ ।

लामाले आफ्नो पहिलो गीत 'उकाली ओराली धनकुटा बजार... ' रेकर्डिङ गरेका थिए । निकट भविष्यमा आफ्नो उद्देश्य पूरा गर्ने उनको ठूलो सपना जीवितै छ । सन् २०२० भित्र आफ्नी श्रीमती र छोरालाई पोर्चुगल भित्र्याएर आफ्नो गीतसङ्गीतको यात्रामा पोर्चुगलको नेपाली समुदायलाई पनि ल्याउने सोच उनको छ । भगवान गिरी /रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x