×

NMB BANK
NIC ASIA

डेंगुबाट बच्न आम नागरिकलाई तत्काल सूचना प्रवाह गर्न आयोगको आदेश (आदेशसहित)

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– राष्ट्रिय सूचना आयोगले देशभर फैलिएको डेंगुबाट बच्न आम नागरिकलाई उपयुक्त माध्यमहरूबाट व्यापकरुपमा तत्काल सूचना प्रवाह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ । 

Muktinath Bank

आयोगले सोमबार एक विज्ञप्ति जारी गरी नागरिकको सूचनाको हक, यसको महत्व र उपयुक्त मौकामा  सम्वन्धित सूचना प्रवाह गर्नु पर्ने राज्य प्रणालीको दायित्वलाई स्मरण गराउँदै डेंगुबाट बच्न आम नागरिकलाई उपयुक्त माध्यमहरूबाट व्यापकरुपमा तत्काल सूचना प्रवाह गराउन स्वास्थ्य सचिवलाई आदेश दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    ‘नेपालमा संक्रमणको रुपमा फैलिएको डेंगु रोग र यसको नियन्त्रणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल र स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय, आमसञ्चारका माध्यम तथा परोपकारी संस्था र व्यक्तिहरूबाट भैरहेको प्रयासका बारेमा आम जनतालाई सुसूचित गर्नुपर्छ,’ आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी डेंगु जस्तो महामारीको रुपमा फैलने रोगबाट बच्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध निकाय एवं विषय विज्ञहरूसँग यस रोगबाट बच्ने उपायहरू सम्बन्धी सूचना आम जनताले सर्वसुलभरुपमा पाउनु पर्ने कुरातर्फ आयोग नेपाल सरकारको सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराउँछ ।’
    


Advertisment
Nabil box
Kumari

यस्तो छ आयोगबाट जारी भएको आदेश
    डेंगु भनेको के हो ? यसको संक्रमण कसरी फैलिन्छ ? डेंगु कसरी सर्छ ?कसरी थाहा हुन्छ ? यसका लक्षणहरू के के हुन् ? यसबाट बच्न के कस्तो उपाय अपनाउनु पर्छ ? उपचार बिधि के हो ? कुन कुन अस्पताल र स्वास्थ्य संस्थाबाट के कस्तो सेवा हासिल हुन्छ ?जस्ता आम नागरिकबाट बारम्बार सोधिने डेंगु रोग सम्बन्धी प्रश्नहरूको जवाफ चिकित्सक र विज्ञहरूको परामर्शसहितको सूचनाहरू विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरी आम जनतासम्म पु¥याउनू । 
    डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियानका लागि आवश्यक सूचना प्रकाशन र प्रसारण गरी आम जनतासम्म पु¥याउनू । डेंगुसँग सम्बन्धित सामाजिक सञ्जाल लगायतमा आएका र आउन सक्ने अफवाहहरूको निराकरण हुने गरी सही र सत्य सूचना आम जनतासम्म पु¥याउनू । यसका लागि नेपाली भाषाका साथै अन्य राष्ट्रिय भाषा र अंग्रेजी भाषामा समेत सूचना प्रवाह गर्ने प्रबन्ध गर्नू । यस्तो सूचना रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाईन लगायतका आम सञ्चारका माध्यमबाट व्यापक प्रचार प्रसार गर्नू ।सूचनालाई व्यापकता दिन अनलाईन, वेवसाईट लगायत सामाजिक सञ्जालको समेत उपयोग गर्नू, स्थान अनुसार माईकिङ्ग गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, फ्लेक्स बोर्ड सार्वजनिक गर्ने, स्कूल–कलेजका विद्यार्थीलाई जानकारी दिने र आम नागरिक भेला हुने स्थान तथा कार्यक्रमहरूमा यससम्बन्धी सूचना प्रवाह गर्ने प्रबन्ध मिलाउनू । 
    नागरिकलाई सूचना प्रवाह गर्ने काममा संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाबाट पनि सूचना प्रवाह गर्ने प्रबन्ध मिलाउनू । डेंगु रोगबाट बच्नका लागि आम उपभोक्ताले सजगता अपनाउनु पर्ने प्रमुख बुँदाहरू नेपाल टेलिकम लगायत निकायबाट छोटो एसएमएसको माध्यममार्फत सूचना पठाउने प्रबन्ध गर्नू । यसरी डेंगुको संक्रमण तत्काल रोक्न, आम जनतामा आवश्यक सूचना प्रवाहका माध्यमबाट ढाडस पैदा गर्न र संक्रमितको शीघ्र उपचार गर्ने लगायतका यससँग सम्बन्धित समग्र सूचनालाई एकीकृत गरी सरल र सहज भाषामा आम नागरिकको पहुँचमा पुगेको पूर्ण प्रत्याभूति गराउनू ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x