राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

फाइल फोटो
भदौ ३१, २०७६

काठमाडौं–संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक मंगलवार बस्दै छ । राष्ट्रिय सभा बैठक दिउँसो ३ बजे बस्ने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

मंगलवार बस्ने बैठकले विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधि सभाबाट सन्देश सहित पुनर्विचारका लागि प्राप्त “राहदानी विधेयक, २०७५” सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ । 
त्यस्तै, गृह मन्त्री राम बहादुर थापाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ माथिको दफावार छलफल सदनमा गर्न तर्था सो विधेयक पारितका लागि प्रस्ताव पेश गर्नेछन् ।  


ADVERTISEMENT

मंगलवारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५’ माथि सदनमा छलफल तथा पारित गर्नका लागि प्रस्ताव पेश गर्ने  कार्यसूची रहेको छ । 
 

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार